दुहबी/ सुनसरीको दुहबी-इनरुवा क्षेत्रीय मार्ग सडक खण्ड जिर्ण र साघुरो भएको भन्दै तत्काल निर्माण तथा बिस्तार गर्न संघिय र प्रदेश सरकारलाइ दबाब दिनको लागि दुहबी र इनरुवाको संयुक्त दबाब समितिको बृहत भेला बिहीवार दुहबीमा सम्पन्न भएको छ्। दुहबीको साह सेवा समितिको भवनमा भएको संयुक्त भेलाले दुहबी संयोजक र सचिवालय सदस्यहरु गठन गर्दै भेला सम्पन्न गरेको थियो।
मुल समितिका संयोजक गोबिन्द प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त बृहत भेलाको प्रमुख अतिथि दुहबी नगर प्रमुख बेदनारायण गच्छादारले आज भन्दा २३ बर्ष पहिला पुर्व मन्त्री बिजय कुमार गच्छादारले निर्मण गरेको उक्त सडक तत्कालीन बस्ति र सवारि साधनको चापलाइ थेग्ने भएपनि समयक्रम संगै घना बस्ति बिकास र साना तथा ठुला मालबहक सवारिसाधनको चापलाइ थेग्न नसकि अत्यन्तै जिण र साघुरो भएको हुदा दैनिक सवारि दुर्घटनामा ज्यान जाने गरेको साथै खतरायुक्त बन्दै गएको हुदा यसको बिस्तार अनिवार्य रहेकाले आफ्नो एक्यवद्धता रहेको जनाएका छन्।
दुहबीमा बर्सेनि डुबानको सम्स्या आउने हुंदा सडक बिस्तार नगरि नाला निर्माण नहुने र नाला नबनि निकास नहुने हुंदा डुबान मुक्त र दुर्घटना मुक्त सहज जिबनयापनकालागि पनि सडक निर्मण आवस्यक रहेको बताउदै गच्छादारले २०७३ को सडक मापदण्ड अनुसारकै बन्नु पर्ने जोडदिए। दुहबिको सडकले गर्दा आफ्ना सहकर्मि अन्यपालिका प्रमुख सग मात्रै होइन देशि बिदेशि नियोगका प्रतिस्स्ठित ब्यक्तिहरु सग भेट्दा र उनिहरुले दुहबिको सडकको दुर्दशा उठान गर्दा आफु निरुत्तर भएर हिड्नुपर्ने अवस्था आइपरेको हुदा २०५४ को मन्त्रीपरिशद्को निर्णयले दुहबी कुरुप भएको जिकिर गर्दै नगरप्रमुख गच्छादारले यसलाइ नसच्याइ बिल्ड अप एरियाभित्र सडक विस्तार हुन नसक्ने सम्भावना रहेको प्रति चिन्ता ब्यक्त गरेका थिए।
उनले दुहबी-इनरुवा सडक खण्ड मर्मतका लागि प्रदेश सरकार सग पहलगरि रु १ करोड पार्न सफल भएपनि यो पर्याप्त नहुने र थप बृहत योजना पारि सधैको लगि समाधन खोज्नु पर्ने बताएका थिए। स-साना बखेडा झिकेर बिकास बिरोधि गतिबिधि नगर्न समेत सबैमा आग्रह गरेका थिए।
उक्त बृहत भेलामा दुहबी वडा नम्बर २,३,५,९ र १० का वडाअध्यक्षहरु क्रमशः अरबिन्द बिस्वास, माधव भन्डारि, रमेश रौनियार, मेहेदि हुसैन र तुलाराम माझिले सडक अत्यन्तै जिर्ण र भयावह रहेको हुंदा सडक निर्माणका लागि गठित दबाव समितिलाइ साथ दिने एक्यवद्धता प्रकट गरेका थिए। सोहि क्रममा दुहबीबाट संयोजक चित नारायण चौधरि र सह संयोजक लधुराम माझि सहित थप ५ जनाको सचिवालय सदस्य गठन गरिएको थियो।
बृहत भेलामा दबाब समितिका संयोजक गोबिन्द प्रसाद पोखरेलले भौतिक पुर्वधार तथा शहरी बिकास मन्त्रालयमा बुझाएको ज्ञापन पत्रको बोधार्थ दुहबि नगर प्रमुख बेद गच्छदार लाइ हस्तान्तरण गरेका थिए। गत असार ६ गते पहिलो पटक इनरुवामा १,११,१११ हस्ताक्षर संकलन गरि सुरु भएको दवाब समितिले कुनै सर्तमा पनि पछि नहट्ने जनाएको छ। भेलामा दुहबी र इनरुवाका सरोकारवालाहरुले फोर लेन सडक बिस्तारमा पर्ने नम्बरी जग्गाधनीहरुलाई उचित मुवाब्जा दिएर फोर लेन सडक बिस्तार गर्नुपर्ने धारणा राखेका थिए।