दुहबी/ सुनसरिको दुहबी नगरपालिका वडा नम्बर ४ मा निर्माण भएको फोहोर प्रसोधन केन्द्रमा जडान गरिएको फोहर प्रशोधन मेसिन आजदेखि सन्चालनमा आएको छ्। दुहबी नगरप्रमुख बेदनारायण गच्छादार द्वारा पावर सिस्टमको स्विच अन गरि प्रशोधन मेशिनमा फोहर हाल्दै बिधिवत ट्रायल चेक सहित उदघाटन गरिएको थियो।
गत आर्थिक बर्षमा डिपिआर तयर गरि लगानि जुटाएर नगरप्रमुख गच्छादारले जग्गा तथा प्राइमरि खर्चबाहेक बाहेक रु ५० लाख भवन निर्माण र १ करोड ३० लाख मेशिनरि गरि कुल १ करोड ८० लाख खर्च गरि निर्मण सम्पन्न गरिएको थियो।
आगामि आर्थिक बर्ष २०७९/८० देखि दुहबि नगरपालिका , बुढिगङ्गा गाउपालिका , र गढि गाउपालिकाको त्रिपक्षिय सहकार्यमा फोहर सन्क्लन तथा आब्स्यकिय सन्चालन श्रोत समेत जुटाउने सम्झ्दारि भएसगै स्विस कन्टाक्टले थप लगानि गर्ने भएको छ्।
नया जडान गरिएको उक्त प्रशोधन मेशिन नेपालकै पहिलो अत्याधुनिक मेशिन रहेको र यस्ले हाल कम्पोस्स्ट मल मात्रै बनाएपनि दैनिक ५ टन क्षमताको रहेको नगर प्रमुख गच्छादारले बताए। आगामि दिनमा नसड्ने फोहर जस्तै- सिसा र प्लास्टिकहरुको समेत प्रशोधन गर्ने क्षमता वृद्धि गर्दै लगिने हुदा यस्को सम्हारिक क्षमता १८ टन दैनिक सम्म हुने उनले बताए।
मेशिन ट्रायल चेकमा गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरी,बुढिगंङ्गा गाउपालिकाका अध्यक्ष जित नारायण थापामगर, दुहबि नगर उपप्रमुख मेनुका खतिवडा, दुहबिका प्रमुख प्रशाशकिय अधिकृत राजकुमार केसि,दुहबी वडा नम्बर ४ का वडाअध्यक्ष मुस्तकिम रैन,दुहबी नगरपालिकाका इन्जिनियर रामकुमार यादव सहित इन्जिनियर शाखाका पधादिकारिहरु,बातावरण शाखा प्रमुख बिमल चौधरि लगायत गढिका वातावरण शाखाका पधादिकारिहरु पत्रकार लगायतको उपस्थिति रहेको थियो।