दुहबी/ मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ५ स्थित दुहबी-बुढीगंगा जोड्ने पक्कि सडकको ठाउँ-ठाउँमा खाल्डो भएर आवतजावतमा समस्या भएको भन्दै मर्मत संभारको माग गर्दै सिटि सफारी चालकहरु बाटो अवरुद्ध गरी आन्दोलन गरेका छन्। सिटि सफारी चालक पवन कुमार कलुवारका अनुसार सडकको दुर्दशा बारे पटक-पटक गाउँपालिका तथा ५ नम्बर वडा कार्यालयलाई जानकारी गराउदा समेत हाल सम्म सो सडक मर्मत संभार नभएकोले आफुहरु बाध्य भएर २ घन्टा सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रिनु परेको बताए। जनप्रतिनिधि र कर्मचारीको ढिलासुस्तीले सवैले समस्या भोग्नु परेको छ उनले भने।
सफारी चालकहरु भन्छन नवनिर्वाचित जनप्रतिनिधीहरु हाल सम्म पनि खादा र मालामा व्यस्त भएको आफ्नो काम प्रतिको दायित्व वोध नभएका कारण बाटो जिर्ण अवस्था पुगेकोले आज हामी बुढीगंगा र दुहवी जोड्ने बाटो अवरुद्ध गरेका
हौ । बुढीगंगा वडा नं.५ र दुहवी बजारको मालहट्टि सँगको सिमाना जोडिने बाटो बर्षाको वेला जिर्ण अवस्था बन्दै गरेकोले सिटी सवारी चालक आफुहरु पटक-पटक बुढीगंगा गाउँपालिकामा गई स्थानिय निकायमा बाटो मर्मत गरी माग्दा पनि अटेरी जनप्रतिनिधीहरुको विरुद्धमा चालकहरु बाटोमा धर्ना दिएको एक चालक बताउँछन् ।
उक्त्त बाटोमा सिमेन्ट उद्योगबाट सयौं टन बोक्ने क्षमता भएको १८ चक्के लहरी गाडी विभिन्न खालका सामाग्री हरु ओसार पोसार गर्दा बाटो झन जिर्ण हुदै गएकोमा गाउँ पालिकाको कुनै किसिमको ध्यानाकर्षण नभएको सफारी चालकहरु बताउछन ।
गाउँपालिकाले कर चाहि लिने तर बाटोको मर्मत एकरत्ति कहिलै नगर्ने भन्दै सफारी चालकहरु आक्रोस पोख्दै भन्छन हामी जस्तो मजदुर र गरीबको माग तत्काल सम्बोधन नभए पुन आन्दोलन गर्ने बताए ।
उता १ हप्ता देखि बुढीगंगा वडा नम्बर ४ को बाटो समेत दुर्दशा भएको भन्दै स्थानीयहरु आक्रोशित छन्।