दुहबी/ सुनसरीको दुहबी नगरपालिकाका मेयर–उपमेयरसहित वडाध्यक्षले आज बिहीबारदेखि पदभार ग्रहण गरि पाँच बुँदे निर्णय सार्वजनिक गरेका छन् । दुहबीका मेयर बेदनारायण गच्छदारले पाँच बुँदे निर्णय सार्वजनिक गरेका हुँन । दुहबी नगरपालिकाको सभाहलमा भएको शपथ ग्रहण तथा स्वागत कार्यक्रममा बोल्दै दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले दुहबीका सम्पूर्ण जनप्रतिनिधिहरु समानताको सिद्धान्त बोकेर एक भइ नागरिकको भावना अनुसारको काम गर्नूपर्नेमा जोड दिएका छन।
मेयर गच्छदारले हामी सबै सम्पूर्ण दुहबीवासीको जनप्रतिनिधि भएकाले दुहवी नगरपालिका भित्र वसोवास गर्ने सम्पूर्ण नागरिकहरुकोलागि यस दुहवी नगरपालिकाले दुहवीका नागरिकहरुको सम्बृद्धि र विकासका लागि आधारभुत स्वास्थ्य, सामाजिक सुरक्षा, समानता, विभेदिकरणको अन्त्य, लैंगिक हिंसाको अन्त्य लगायतका कार्यहरु गरिरहने जनाउँदै थप ५ बुँदे निर्णय गरेको जनाए।
५ बुँदे निर्णयहरुमा सुनौलो १००० दिनका आमाहरुलाई पोषण प्रवद्र्धन प्रोत्साहन स्वरुप रु.५००।– मा रु.५००।– थप गरी जम्मा रु.१,०००।– रकम दिने, लंैगिक हिंसा अन्त्य गर्ने प्रयोजनका लागि लैंिगक हिंसा निवारण कोषमा रु. ५,००,०००।– थप गर्ने, दलित,विपन्न परिवारलाई दाहसंस्कारको लागि रु.५,०००।–प्रदान गर्ने, नगरवासीलाई खानेपानी ब्यवस्थापनको लागि साझेदारीमा डिप बोरिङ गरी खानेपानीको समस्यालाई सामाधान गर्ने र नगरको फोहोर ब्यवस्थापनको लागि गरिएको waste management सम्बन्धी कार्यलाई स्वीकृत गरी आगामी कार्यपालिका बैठकमा अनुमोदनका लागि पेश गर्ने निर्णय गरेको मेयर गच्छदारले जनाए। उक्त कार्यक्रममा दुहबी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार केसि लगायतका कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो। दुहबी नगरपालिकामा नेपाली कांग्रेसबाट बेदनारायण गच्छदार मेयरमा बिजय भएका थिए भने उपमेयरमा नेपाली कांग्रेसबाटै मेनुका पोखरेल बिजय भएकी थिइन। दुहबीको १२ वटा वडा मध्ये ८ वटामा नेपाली कांग्रेस र ४ वटा वडामा नेकपा एमालेका वडाअध्यक्ष बिजय भएका हुँन।