दुहबी/ सुनसरीको दुहबी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार बेद नारायण गच्छदार पुन: निर्वाचित भएका छन् । गच्छदारले आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार बिनय कुमार पोखरेललाई ४ सय ५५ मतको अन्तरले हराउँदै मेयरमा निर्वाचित भएका हुन् । मेयरमा बेदनारायण गच्छदारले ११ हजार ९ सय १६ मत प्राप्त गरे भने बिनय पोखरेलले ११ हजार ४ सय ६१ मत प्राप्त गरे।
सुरूवातदेखि अग्रता बनाएका पोखरेललाई गच्छदारले अन्तिम समयमा पराजित गरेका हुन् । यस्तै दुहबी नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार मेनुका पोखरेल खतिवडा निर्वाचित भएकी छिन्। उनले ११ हजार ९६ मत पाएर बिजय
भइन। उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका सरोज कुमार सिंहले ५ हजार ४४ मत प्राप्त गरे।
दुहबीको १२ वटा वडा मध्ये ८ वटा वडामा नेपाली कांग्रेसका वडाअध्यक्षहरु बिजय भएका छन् भने ४ वटा वडामा नेकपा एमालेका वडाअध्यक्षहरु बिजय भएका छन् । नेपाली कांग्रेसबाट दुहबी वडा नम्बर २, ४, ५, ६, ७, ८, ९ र १० मा क्रमशः अरबिन्द बिश्वास, मुस्तकिम मिया, रमेशकुमार रौनियार,घनश्याम हलुवाई, बिजय चौधरी, तारिकचन्द्र सरदार र मेंहदि हुसैन वडाअध्यक्षमा निर्वाचित भए। यसैगरी दुहबी १, ३, ११ र १२ मा नेकपा एमालेबाट वडाअध्यक्षहरु क्रमशः अजुल हुसैन, माधव भण्डारी, खड्ग उराँव र रामचन्द्र चौधरी बिजय भए।