दुहबी / सुनसरीको दुहबी वडा ९ मा सोमबार राती ९ बजे अज्ञात समुह द्वारा एमाले कार्यकर्ता प्रदिप ऋषिदेव माथी छुरा प्रहार भएको उनले आरोप लगाएका छन्। घाइते ऋषिदेवका अनुसार आफू घर नजिकैको मन्दिरमा बसिरहेको बेला हिजो राती ९ बजेको समयमा १० जनाको अज्ञात समुहले आफूलाई धक्का मुक्की गरि छुरा प्रहार गर्दा आफू जोगिन खोज्दा खुट्टामा छुरा लागेको बताए ।
उनि भन्छन छुरा प्रहार गरेर भाग्ने युवाहरू मध्ये एक जनाले भाग रे सलमान भाग भनेको आफूले सुनेको आरोप लगाए।
उता सोही वडाको एमाले तर्फका वडा अध्यक्षका उमेदवार ताबिज मियाले घाइते ऋषिदेव आफ्नो पार्टीको कार्यकर्ता रहेको बताए । केही दिन अगाडी मात्र सोही वडाको छाताबेलिमा एमाले कार्यकर्ता र नेपाली काङ्ग्रेसको कार्यकर्ता बिच झडप भएको थियो । घाइते ऋषिदेवको दुहबी स्थित सुनसरी सामुदायिक अस्पतालमा उपचार भईरहेको छ।
सोही घटनाको बिषयमा ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक जयदेब माझी संग बुझदा घटनाको अनुसंधान भईरहेकोले दोषीलाई पक्राउ गरि कानुनी कार्वाही गर्ने बताए।
दुहबीमा विभिन्न ठाउँमा घटना हरु बढिरहेको बेला स्थानीय प्रहरी प्रसाशनले शान्ति सुरक्षा दिन नसकेको स्थानीयहरुको गुनासो छ।