दुहबी/ चुनावी अभियानको रुपमा राप्रपाको घरदैलो कार्यक्रममा आफ्नो लोकप्रिय ऐजेण्डा लिएर घर–घर पुगेका राप्रपाबाट दुहबी नगर मेयरका उम्मेदवार इन्द्र श्रेष्ठ सहित प्रचारप्रसारमा ब्यस्त दुहबी वडा नम्वर ५ र ६ का वडाध्यक्षका उम्मेदवारहरु सहितको घरदैलो कार्यक्रममा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।
सम्पूर्ण उम्मेदवारहरु उत्साहित देखिन्थे । घरदैलोमा उत्साहजनक उपस्थिति नै राप्रपाको जीतको मुख्य आधार भएको श्रेष्ठ बताउछन । उनले राप्रपालाई जिताउनु नै जनताको चाहना भएको बताए । राप्रपा नेतृत्वको स्थानीय सरकारले शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकता दिने उनले बताए । कक्षा १२ सम्म निःशुल्क शिक्षा, उपचारको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्नका लागि स्वास्थ्य उपचारको व्यवस्था र बेराजगार युवायुवती तथा महिलालाई रोजगारको व्यवस्था हुने उनले बताए ।
‘यसपटक दुहबीमा राप्रपाले जित्ने सुनिश्चित छ, घरदैलोमा जनताको बाक्लो उपस्थिति भइरहेको छ, घरदैलोमा पुग्दा मतदाताबाट राप्रपालाई जिताउने आश्वासन आइरहेको छ । ’उनले राप्रपा नेतृत्वको स्थानीय सरकारले जनताको पक्षमा काम गर्ने दावी गरे ।