दुहबी/ जनता समाजवादी पार्टीले दुहबी नगरपालिकाको सबै वडामा चुनावी घरदैलो अभियान तीब्र पारेको छ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्तर्गत जसपाले दुहबीको ४ नम्बर वडामा वडाअध्यक्षका उम्मेदवार हकिम मिया सहित सयौं कार्यकर्ता र समर्थकको साथमा घरदैलो कार्यक्रम जारी राखेको छ। जसपा दुहबीका उपमेयरका उम्मेदवार सरोज कुमार सिंह सहित वडाध्यक्ष र सदस्यहरुका उम्मेदवारहरुले संयुक्त रुपमा घरदैलो अघि बढाएको छ।
वडाअध्यक्षका उम्मेदवार हकिम मियाले ४ नम्बर वडामा आफू निर्वाचित भए जनताले उठाएका समस्याहरूको सुनुवाई गर्न र समाजलाई परिवर्तन, रूपान्तरण गर्न आफूले उम्मेदवारी दिएको उनले बताए। उनले जनताको उत्साहजनक सहभागितामा घरदैलो अभियान जारी
रहेको बताए । २०७० साल देखि राजनीतिमा सकृय हुँदै आएका जसपाका युवा नेता हकिम मिया हाल सम्म
राजनीतिमा रहेर समाजसेवा गर्दै आएका थिए।
दुहबी वडा नम्वर ४ मा यसपटक हकिम मियाँका समर्थकहरु स्वतस्र्फुत घरदैलोमा नारा जुलुससहित उत्साहजनक रुपमा सहभागी भएका छन ।
उनको पक्षमा धेरै स्वतन्त्र यूवाहरु खुलेर प्रचार प्रसारमा लागेका छन । उनको कार्यकर्ताहरुसँगै समर्थकहरु घरदैलौसगै रोड शो र प्रचार प्रसार र खुलेर चुनावी घरदैलो कार्यक्रममा साथ दिएका छन । यसपटक वडाअध्यक्षका उम्मेदवार हकिम मियाँको चुनावी माहौलमा समर्थकहरुको भिड बढ्दै गएको स्थितिले दुहबी ४ को मत परिणामको परम्परालाई तोड्ने सम्भावना बढेको स्थानिय यूवाहरु बताउँछन । स्थानीयहरु राजनीतिक दलहरुले सधै नेतृत्व गर्दा जनताको धेरै मुद्दाहरुमा उदासिनता देखाउँदै ठुलो दलीय अधिनायकबाद लाद्ने गरेकोले जनताको आर्कषण सामाजिक कार्यमा सक्रिय युवातर्फ बढेको विश्लेषण गर्छन।