दुहबी/ चुनावी अभियानको रुपमा दुहबी वडा नम्वर २ र ३ को घरदैलो कार्यक्रममा आफ्नो लोकप्रिय ऐजेण्डा लिएर घर–घर पुगेका राप्रपाबाट दुहबी नगर मेयरका उम्मेदवार इन्द्र श्रेष्ठले दुहबीमा
राप्रपा बैकल्पिक शक्तिको रूपमा स्थापीत हुने बताए। ‘मतदाताहरुले इन्द्र श्रेष्ठको काम गर्ने शैली राम्रो छ, हामी भोट खसाल्न आतुर छौं भन्नुभयो’ उनले भने ‘भोट माग्न आउँदा पनि हामी दिन्छौं ढुक्क हुनुस् हामीलाई तपाई जस्तो नेताको खाँचो छ ।’ जित सुनिश्चित रहेको समेत मतदाताहरुले बताएको श्रेष्ठले बताए । उनले भने’ दुहबीको सम्रग दिगो विकासकालागि आफ्नो प्रतिबद्धता र ऐजेण्डा सहित आफु लागि परेकाले यस पटक आफुलाइ जिताउन आग्रह गरे।
लामो समय देखि विपतका वेला सामाजिक कार्यहरुमा संग्लन रहेर समाजसेवामा सक्रिय इन्द्र श्रेष्ठ सामाजिक संजालमा बलियो प्रतिपक्षकोरुपमा रुपमा चिनिएको स्थानिय यूवाहरुको भनाइ छ। दुहबीका वडा टोलमा चुनावी माहौल सृजना गर्नु अगावै राप्रपाले लोकप्रिय एजेण्डा लिएर पुगेकोले यसपटक अनपेक्षित रुपमा मत पाउने आँकलन गरिएका कारण राप्रपाका दुहबी नगर मेयरका उम्मेदवार इन्द्र श्रेष्ठ लोकप्रिय बन्दै गएको स्थानिय यूवाहरु बताउछन।
दुहबी नगरका उदयमान नेता इन्द्र श्रेष्ठ ठूला दलका लागि खतरा बन्न पुगेको समेत स्थानिय यूवाहरु बताउछन।
दुहबीको चुनावी अभियानमा दुई ठूला दलसँगै प्रतिष्पर्घामा उत्रिएका अन्य दलहरुको तुलनामा राप्रपा यसपटकको चुनावमा सशक्त प्रतिद्धन्दीको रुपमा देखिएको छ। ।
दुहबीमा नेपाली कांग्रेसका सयौं नेताकार्यकर्ताहरु पार्टी परित्याग गरेको र नेकपा एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीले एमालेको मतमा असर पु¥याउने पूर्व आँकलन सर्वत्र गरिरहेको अवस्था राप्रपा नेपाली कांग्रेस र नेकपा एमालको निकट प्रतिद्धन्दीको रुपमा देखिएको स्थानियहरु बताउछन।
दुहबीमा कांग्रेस नेतृत्वको गठबन्धन गर्न जसपा, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीले हरसम्भव प्रयत्न गर्दा कांग्रेस नेतृत्वले गठबन्धन गर्न नमानेपछि अन्तिममा एक्ला एक्लै चुनावमा प्रतिष्पर्घा गर्ने निधोमा दलहरु पुगेपनि आन्तरिक रुपमा भने जसपा, माओवादी र नेकपा एमाले गठबन्धन गरेर जाने तयारीमा थिए तर उम्मेदवारी दर्ताको अन्तिम समयमा जसपा र नेकपा एमालेले मेयर,उपमेयरमा गठबन्धन गरेको थियो।
राप्रपाको प्रतिबद्धता पत्र यस्तो छ