दुहबी/ सुनसरीको दुहबीमा राप्रपाको घरदैलो कार्यक्रम उत्साहजनक सहभागितामा सुरु भएको छ।
दुहबीमा राप्रपा पार्टीले स्थानीय निर्वाचनमा मतदाताहरुको घरघरमा पुगेर मत माग्ने क्रममा दुहबी नगरका विभिन्न वडामा घरदैलो कार्यक्रम उत्साहजनक सहभागितामा सुरु गरेको हो। सोही क्रममा स्थानीय कार्यकर्ताहरुले मतदाता भेटघाट गरिरहेका छन्
दुहबी नगरपालिका वडा नम्बर १ देखि १२ वटै वडाहरुमा राप्रपाका नेताकार्यकर्ताले मतदाता भेटघाट सुरु गरेका छन् । दुहबी नगर मेयरका उम्मेदवार ईन्द्र श्रेष्ठको सहभागितामा मतदाता भेटघाट सुरु गरेका छन्।
दुहबी नगरपालिका वडा नम्बर ६ मा वडा अध्यक्षका उम्मेदवार मुन्ना साह हलुवाईको उपस्थीतीमा घरदैलो अभियान संचालन भइरहेको छ।
गाउँगाउँ पुगेका राप्रपाका उम्मेदवारहरुलाई नगर बासीले समृद्ध नगरपालिका बनाउन र विकासमा लाग्न आग्रह गरेका छन् ।
दुहबी नगरपालिका मेयरका उम्मेदवार ईन्द्र श्रेष्ठ र उप मेयरका उम्मेदवार हंसा चौधरी समेतको सहभागितामा घरदैलो संचालन भइरहेको छ । घरदैलोमा सहभागिहरुले पार्टीको झण्डा बोकेर गाउँगाउँ मत माग्न पुगिरहेका छन् ।