दुहबी/ दुहबीनगरपालिकाको मेयर पदका लागि ४ जनाले मनोनयन दर्ता गराएका छन् । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि सोमबार दोस्रो दिन मेयर पदका लागि ४ जनाले
निर्वाचन अधिकृतको कार्यालय दुहबीमा मनोनयन दर्ता गराएका
हुन् । दुहबी नगरपालिकाको मेयर पदको लागि नेपाली काङ्ग्रेसबाट बेदनारायण गच्छदार, नेकपा एमाले र जसपा गठबन्धनबाट बिनय पोखरेल,राप्रपाबाट इन्द्र श्रेष्ठ र माओवादी केन्द्रबाट रोजिना खातुनले मेयरको आफ्नो उम्मेद्बारी मनोनयन दर्ता गरेका छन। दुहबीको उपमेयरकालागि नेपाली कांग्रेसबाट मेनुका खतीवडा, नेकपा एमाले र जसपा गठबन्धनबाट सरोज कुमार सिंह, राप्रपाबाट हंसा कुमारी माझि र माओवादी केन्द्रबाट रहिम मियाले उम्मेद्बारी मनोनयन दर्ता गरेका छन।
दुहबीको १२ वटा वडाहरुमा नेपाली कांग्रेसबाट क्रमशः दुहबी वडा नम्बर ४ मा मुस्तकिम मिया ५ का लागि रमेश रौनियार ६ का घनश्याम हलुवाइ,७ मा बिजय चौधरी ,८ मा तारिक सरदार ,९ मा मेहेदी हुसैन,१० मा तुलाराम माझी वडा नम्बर २ मा अरबिन्द बिस्वास,१ मा जाकिर हुसैन,३ मा श्रवण बिस्वास, ११ मा प्रतापचन्द, १२ मा खुसिलाल माझिलेउम्मेद्बारी दर्ता गरेका थिए। नेकपा एमाले र जसपा गठबन्धनबाट दुहबीमा वडाअध्यक्षहरु
१. अजुल हुसैन
२.इस्राफिल मिया/जसपा
३. माधव भण्डारी
४. राजन बस्नेत
५. तेज नारायण रौनियार
६. बिरेन हलुवाई/जसपा
७. भिम चौधरी
८. अमित राई
९. ताज मियाँ ( मुस्तकिम)
१०.शंकर चौधरी
११.खड्ग उराँव
१२.रामचन्द्र चौधरीले उम्मेदवारी दर्ता गराए। १२.रामचन्द्र चौधरी। दुहबीको सवै वडामा जसपाले पनि वडा अध्यक्षको उम्मेदवारी दिने गठबन्धनमा सहमति भयो।
राप्रपाबाट वडा अध्यक्षमा दुहबी २ नम्बर वडामा छेदी उराँव, ३ मा प्रभाकर खुलाल, ५ नम्बर वडामा मा आनन्द कुमार हलुवाई,६ नम्बर वडाबाट मुन्ना हलुवाई, ७ बाट नमो माझी,८ बाट साकार अधिकारी र १० बाट जगत चौधरीले उम्मेदवारी दर्ता गरेका छन्। माओवादी केन्द्रबाट वडाअध्यक्षको उम्मेदवार क्रमशः
२ नम्बर वडाबाट प्रेम उराँव
३ राजेन्द्र चौधरि
४ खटर मिया
७ स्याम पासवान
८ उपेन्द्र चौधरि
९ अकबर मिया
१० पुस्प लाल चौधरि
११ हेम चौधरि
१२ प्रमोद यादवले उम्मेदवारी दिए।
स्वतन्त्रबाट उम्मेदवारी दिएका मेयर उपमेयर र वडाअध्यक्ष हरुको नामावली आउन बाकी रहेको जनाइएको छ।