दुहबी/ दुहबीमा नेपाली कांग्रेसबाट बेदनारायण गच्छदारले मेयरका लागि टिकट पाएका छन् ।
नेपाली कांग्रेस दुहबीका सभापति समेत रहेका उनलाई आज (सोमबार) विराटनगरमा बसेको बैठकले मेयरका लागि अगाडि सारेको हो ।
नेपाली कांग्रेसका केन्द्रीय नेताहरूको उपस्थितिमा विराटनगरमा आज (सोमबार) बिहान भएको छलफल उनलाई टिकट दिने निर्णय भएको हो ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दुहबी नगरको उपमेयरको टिकट मेनुका खतीवडालाइ दिने निर्णय गरिएको छ ।
२०७४ को निर्वाचनमा दुहबीमा तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट बेद गच्छदारले ७४२० मत ल्याएर मेयर पदमा बिजय भएका थिए । पछि लोकतान्त्रिक फोरम कांग्रेस पार्टीमा समाहित भएको थियो।
गत चुनावमा दुहबी नगरपालिकामा ३० हजार ६७२ मतदाता रहेकोमा अहिले ३६ हजार ७३० मतदाता छन्।
इटहरीमा नेपाली कांग्रेसबाट हेमकर्ण पौडेलले मेयरका लागि टिकट पाएका छन् भने इनरुवाका केदार भण्डारी उपमेयरको टिकट बिनिता मेहता,रामधुनीमा मेयरको टिकट सुदिप अधिकारि उपमेयर आशा चौधरी धरानना मेयरको टिकट किसोर राई यसैगरी बराहाका मेयरको टिकट रमेश कार्कीलाई दिएको जनाइएको छ।