दुहबी/सुनसरीको दुहबीमा जनहित नेपाल दुहबीको आयोजनामा दुहबी नगरपालिकाका महिलाहरुलाइ डेढ महिने ब्युटीपार्लर र सिलाई कटाई तालिम दिइएको छ। तालिम मार्फत महिलाहरुलाई स्वरोजगार र अार्थिक पाटोमा आत्मनिर्भर बनाउने उदश्यले तालिमको आयोजना गरिएको संस्था का अध्यक्ष सरोज कुमार सिंहले जनाए।
शनिबार एक कार्यक्रमका बिच तालिममा आर्थिक सहयोग गर्ने दुहबी नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष मुन्ना हलुवाईले तालिम लिएका महिलाहरुलाई प्रमाणपत्र प्रदान गर्दै तालिम लिएर ब्यापार सुरु गर्ने महिलाहरुलाई सक्दो आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए। ब्युटीपार्लर र सिलाई कटाई तालिममा प्रशिक्षक द्वव कबिता रेग्मी र तुलसा नेउपानेले प्रशिक्षण दिएकी थिइन। आयोजक संस्थाकि श्यामबति उराँवको संयोजकत्वमा कार्यक्रम संचालन भएको थियो भने सो संस्थाका जिबन लुइँटेलले कार्यक्रम उदघोषण गरेका थिए।