दुहबी/ सुनसरीको दुहबी नगरपालिका वडा नम्बर २ को वडा कार्यलय शिल्यान्यास भएको छ। बिधिवत धार्मिक अनुस्ठानका साथमा दुहबी नगर प्रमुख बेद गच्छदारद्वारा उक्त वडा कार्यलयको शिल्यान्यास गरिएको थियो।
दुहबी वडा नम्बर २ पचिरामा जग्गादाता डम्बर नारायण चौधरीले निशुल्क उपलब्ध गराएको ३ कठ्ठा र वडा अध्यक्ष अरबिन्द बिश्वास ले निशुल्क उपलब्ध गराएको १ कठ्ठा १० धुर जग्गामा ३४ लाख ९७ हजार ७०० रुपैयाको लागतमा वडा कार्यकय भवन सिल्यान्यास गरिएको छ।
उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख गच्छदारले हाम्रो जिन्दगी रहे नरहे पनि जब सम्म विश्व मानचित्रमा नेपालको नक्सा रहन्छ,जबसम्म नेपालको नक्सा भित्र दुहबी नगरपालिका रहन्छ तबसम्म कहिले नमेटिने दान को पनि माहादान भुमिदान गरेर पुन्य कमाउन सफल द्वय डम्बर नारायण चौधरी र अरबिन्द बिश्वास लाई प्रसंशा गर्दै सम्मान पत्र सहित सम्मान प्रकट गरेका थिए।
दुहबीको लागि बेद गच्छदारले बिकास निर्माण को प्रकृया लाई सिस्टम मा छिराइ सकेको हुदा कमसेकम शिक्षा ,स्वास्थ ,सडक, खेलकुद ,गरिबी निवारण ,महिला प्रजनन,रोजगारी ,कृषि ,बातावरण प्रदुषण नियन्त्र,सहरी बन प्रवर्द्धन , पशु प्रवर्द्धन , कृषी प्रशोधन,प्राबिधिक शिक्षा लगायत यावत क्षेत्रमा गरेको प्रगती एक पटक फर्केर हेर्न साथै घुमेर अध्यन गर्न समेत आग्रह गरेका थिए।
भौतिक पुर्वाधार मात्रै बिकास होइन ,स्थानिय गरिबी निवारण पनि प्रमुख मुद्दा भएको हुदा राज्यले दिएको र तोकेको जागिर ले मात्रै थेग्न नस्क्ने महशुस गर्दै प्राबिधिक शिक्षा मार्फत एग्रो मेकानिक,एग्रो प्रोसेसिङ्ग,एग्रो इन्जिनियर र औधोगिक प्रशिक्षार्थी उत्पादन गरि आत्मनिर्भर र स्वरोजगारको बाटो बाट अगाडि बढाउन प्राबिधिक शिक्षालय ३० करोड को लागतमा निर्माण गर्न आफू लागि परेको बताए।
नगरप्रमुख गच्छदारले आफू मेयरमा जिते सगै समग्र दुहबीबासिको समुन्नतिको लागि अटल साहस र प्रगाढ हिम्मतका साथ अनेकौ चुनौतिको सामना गर्दै अगाडि बढेको भएअपनी यदाकदा आफ्नै ब्यक्ती वा पार्टीका ब्यक्तिहरु बाट अनर्गल प्रचार गर्दै हिडेको सुन्दा आफुलाइ चित्त दुखेको समेत बताएका थिए। नगरका कुनै वडाहरुलाइ आफुले अन्याय नगरेको ,आम नागरिकको जिबिकामा प्रत्यक्ष सरोकार राख्दै विभिन्न स्वरोजगर,गरिबिनिवारण ,सुकुम्बासी समधान, लगायत बहु आयामिक योजनाहरु भित्राएको हुदा दुह्बिका कोहि नागरिकले सानो मन पार्नु पर्ने ठाउँ नरहेको बताए।
नगर प्रमुख गच्छदारले ठुला तथा बहु आयामिक योजना अधिकान्श बन्दै गएको र आफ्ना अरु थप ३ वटा ड्रीम प्रोजेक्ट रहेको साथै उक्त प्रोजेक्ट सफल बनाएरै छाड्ने वचन समेत दिएका थिए। प्राबिधिक शिक्षालय, वाटर पार्क र सुन्दर तथा एकीकृत बस्ती निर्माण अबको सपना रहेको हुदा यसलाइ सफल बनाइ दुहबिको पहिचान राष्ट्रिय स्तरमा स्थापित गर्न गराउन सम्पुर्ण नगरबासिहरुमा सहयोग को अपेक्षा राखेका थिए।
कार्यक्रममा दुहबी नगर प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसि, वडाका विभिन्न पदाधिकारी नेताहरुले आ आफ्ना भनाइ हरु राखेका थिए।