दुहबी / सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ८ मा संचालित एसियन थाइ फुड्स प्राली ले आफ्नो उद्योगमा कार्यरत कर्मचारी तथा कामदारहरु को उपस्थितिमा बृहत रक्तदान कार्यक्रम आज उद्योग परिसर भित्र सम्पन्न गरेको छ।
राउन्ड टेवल नेपाल बिराटनगरको सहकार्यमा education of children ,14th march को अवसर पारेर उक्त बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको उद्योग का डाइरेक्टर अतुल महेस्वरिले बताएका छन।
अहिलेसम्म ५ औं पटक रक्तदान कार्यक्रम गर्दै आएको र १०० पिन्ट भन्दा बढी रगत संकलन गरि आम नागरिकको जीवन रक्षा गर्ने समाजसेवाको बाटो मा साथ दिदै आएको डाइरेक्टर महेश्वरिले बताएका थिए। उनले हरेक साल झै यो साल पनि रक्तदान कार्यक्रम राखी १०० पिन्ट रगत ब्लड बैंक लाई बुझाएको बाताएका छन।