दुहबी / सुनसरी को दुहबी नगरपालिका ले आयोजना गरेको दोश्रो मेयरकप महिला भलिबल प्रतियोगिताको आज उद्घाटन भएको छ। नगर प्रमुख बेद गच्छदार को प्रमुख आतिथ्य र उप प्रमुख सुनिता दाहाल साहको विशिष्ट आतिथ्यमा पानसमा बत्ती बालेर संयुक्त रुपमा उद्घाटन गरेका थिए।
सरस्वती मा बि को खेलमैदानमा आज देखि जारी उक्त खेल ३ दिन सम्म चल्ने आयोजक नगरपालिकाले जनाएको छ। अन्तर नगरपालिका स्थरिय उक्त प्रतियोगितामा सुनसरी भित्रका १२ पालिकाहरु सहभागी रहेका छन।
उक्त समुध्घाटन कार्यक्रम लाई सम्बोधन गर्दै नगर प्रमुख बेद गच्छदारले खेलकुद क्षेत्रलाई रास्टृय अन्तरास्ट्रिय स्थरमा दुहबी को पहिचान स्थापित गराउन सबै खेलहरु लाई न्याय हुने गरि आफू लागि परेको बताए। गच्छदारले sport man speed को तौरले खेल खेल्दै जित हासिल गर्न सम्पुर्ण खेलाडी हरुलाइ जितको सुभकामना दिएका थिए।
उद्घाटन खेल मा बराहक्षेत्र नगरपालिका ले इटहरी उपमहानगर पालिका लाई २५-१९ र २५ -१८ को सोझो सेटमा हराएको थियो।