राम प्रसाद आचार्य:दुहबी/ सुनसरीको दुहबीमा जारी चौथो मेयर कप फुटबल प्रतियोगिताको विहिबार भएको पहिलो सेमिफाइनल खेलमा दुहबी वडा नम्बर ४ ले दुहबी वडा नम्बर ७ लाई ४–३ गोल अन्तर ले पराजित गरेको छ।
निर्धारित समय सम्ममा दुबै टिमले गोल गर्न नसक्दा उक्त खेल ट्राइब्रेकरमा गएको थियो।
ट्राइब्रेकरमा दुहबी वडा नम्बर ४ ले ४ गोल गरे भने दुहबी ७ ले ३ गोल गरेको थियो खेलको उत्कृष्ट खेलाडी दुहबी वडा नम्बर ४ का गोल रक्षक बिरबल आलम घोषित भए । उनलाई सेमिफाइनल खेलका प्रमुख अतिथी दुहबी नगपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार केसिले २ हजार नगद र मेडल प्रदान गरे ।
शुक्रवार हुने दोस्रो सेमिफाइनल खेल दुहबी वडा नम्बर ६ र दुहबी वडा नम्बर १० का बीच हुने आयोजकले जनाएको छ। फाइनल खेल आइतबार हुने जनाइएको छ।