दुहबी/ सुनसरीको दुहबीमा फागुन ११ गते देखि फागुन २२ गते सम्म चौंथो मेयरकप फुटबल प्रतियोगिता हुने भएको छ। स्थानीय खेलाडी उत्पादन गरेर खेलाडीहरुलाई ब्यबसायिक बनाउने उदेश्यले मेयरकप फुटबल प्रतियोगिताको आयोजना गरिएको आयोजक दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले जनाए।
प्रतियोगितामा दुहबीको १२ वटा वडा बिच प्रतिस्पर्धा हुने प्रथम हुने टिमले १ लाख एक हजार नगद तथा शिल्ड तथा दोस्रो हुनेले ५१ हजार नगद तथा शिल्ड पुरस्कार पाउनेछ भने विभिन्न विद्या तर्फका खेलाडीहरुलाई समेत पुरस्कृत गरिने मेयरकपको सम्पूर्ण तयारी पुरा भएको आयोजकले सोमवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।
दुहबी ५ स्थित श्रीसरस्वती माविको खेल मैदानमा हुँने मेयरकप फुटबल प्रतियोगितामा १० लाख खर्च हुने प्रतियोगिताको संयोजक एलेभेन एरोज क्लब दुहबीका अध्यक्ष दिपक राइले जनाएका छन।
पत्रकार सम्मेलनमा दुहबी नगरपालिकाकी उपमेयर सुनिता दाहाल शाह, दुहबी नगरपालिकाका वडाअध्यक्षहरु, दुहबी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार केसि, क्लबका सदस्यहरु लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।