सुनसरी/ सुनसरीको बर्जु गाउँपालिकाको प्रशासकीय कार्यालयको नबनिर्मित भवन उदघाटन समारोह सम्पन्न भएको छ। नबनिर्मित भवनको उदघाटन समारोहका प्रमुख अतिथि प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले प्रशासकीय कार्यालय भवनको रिबन काटेर उदघाटन गरेका थिए।
सो अवसरमा लाइन्स क्लब र लियो क्लब बिराटनगर हेल्थ प्रोफेसनलको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको थियो। रक्तदान कार्यक्रममा ३३ पिन्ट रगत संकलन गरिएको बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार चौधरीले जनाएका छन् ।
उक्त कार्यक्रमका बिशिस्ट अतिथि सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादव लगायतका अतिथी बक्ताहरुले शुभकामना मन्तब्य दिएका थिए। बर्जु गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष संगिता कुमारी रायले स्वागत मन्तव्य दिइन। नबनिर्मित भवनको उदघाटन समारोहका पस्चात बर्जु गाउँपालिकाकाको नबौं गाउँसभा समेत सम्पन्न भएको थियो।