दुहबी/ सुनसरीको दुहबीमा महिलाहरुकोलागि डेढ महिने सिलाइ कटाई तथा १ महिने ब्युटीपार्लर तालिमको समुदघाटन भएको छ।
जनहित नेपाल दुहबीको आयोजनामा भएको तालिमलाई दुहबी नगरपालिका वडा नम्बर ६ को कार्यालयले सहयोग गरेको हो। आजदेखि सुरु भएको उक्त सिलाइ कटाइ तालीमकि प्रशिक्षक कबिता कटुबाल र ब्युटीपार्लर तालीमको प्रशिक्षक तुलसा नेउपानेले ४५ जनालाई प्रशिक्षण दिने जनाइएको छ।
महिलाहरुलाई स्वरोजगार बनाइ आय आर्जनमा सहज बनाउने उदेश्यले तालीमको आयोजना गरिएको जनहित नेपाल दुहबीका अध्यक्ष सरोजकुमार सिंहले बताए ।
तालिम समुदघाटन कार्यक्रमका प्रमुख अतिथी दुहबी वडा नम्बर ६ का वडाअध्यक्ष मुन्ना हलुवाइले शुभकामना मन्तव्य दिंदै बेरोजगार महिलाहरुलाई रोजगार दिनकालागि वडाबाट सहयोग गरेको बताउदैं सीप सिकेर पसल खोल्नेहरुलाइ ५ हजार पुरस्कार दिने घोषणा गरे ।
समुदघाटन कार्यक्रममा अतिथी बक्ताहरुले शुभकामना मन्तव्य दिंदै संस्थाले गरेको कामको चर्चा गरेका थिए। समुदघाटन कार्यक्रममा संस्थाका सचिब जिबन लुइँटेलले स्वागत मन्तव्य राखेका थिएभने कार्यक्रम संचालन संस्थाका सह-सचिब शिबनारायण उराँवले गरे। उक्त कार्यक्रमको संयोजक संस्थाकि सदस्य श्यामबति उराँव रहेकी छिन।