दुहबी / सुनसरी को दुहबी नगरपालिका र UNDP को साझेदारी कार्यक्रम अन्तर्गत आधार नेपालको सम्योजनमा सन्चालित ५ दिने पुराना कपडा बाट विभिन्न किसिमका सपिङ्ग ब्याग, हेन्ड ब्याग, मनि ब्याग बनाउने तालिम को नगर प्रमुख बेद गच्छदार द्वारा आज समापन भएको छ। दुहबी जेसिस को सभाहलमा ०७८ साल माघ ९ गते बाट सन्चालित उक्त तालिममा विभिन्न वडाका २० जना सहभागी हरुले सफल रुपमा तालिम लिएका थिए।
समापन कार्यक्रममा बोल्दै नगर प्रमुख गच्छदारले नगर पालिका सफा र स्वच्छ राख्ने महान अभियानमा हातेमालो गर्न यश भेक बाट उत्सर्जन हुने ठोस फोहरमैला लाई सदुपयोग गरि आर्थिक अभिबृद्दी ,फोहर ब्यावस्थापन र रोजगारी शृजना गर्न तालिम लिदै स्वरोजगारको बाटो अबलम्बन गर्ने सबै प्रशिक्षार्थी हरुलाइ धन्यवाद दिएका छन। गच्छदार ले बिगत दशकौ देखि बिज्ञानले भित्राएको सुबिधा उपयोग गर्न समुदाय हरु आतुर भए पनि त्याहा बाट उत्पादन हुने मानव प्रदुषण लाई न्युनिकरण नगर्दा ग्लोबल वार्मिङ्ग बढ्दै जाने साथै ज्यु धनको क्षेती हुँदै जाने भएको हुदा यसलाइ प्रबिधी मार्फत सिकेको सीप सदुपयोग गरेर प्रदुषण नियन्त्रण गर्नु मानबिय सभ्यताको पहिचान भएको प्रती गौरब गर्दै दुहबी नगरपालिकाले सोही अभियान अनुरुप सन्चालन गरेको फोहर मैला ब्यावस्थापन केन्द्र कोसे ढुङ्गा साबित हुने बताए।
गच्छदार ले बाताबरणमैत्री कार्यक्रम सन्चालन गर्दै नागरिकको जिउ धन को सुरक्षा गर्दै सफा,सुन्दर अनि हराभरा नगर सहितको समृद्ध सहर निर्माण माहान अभियानमा आफू दिल ज्यान ले लागि परेको र सोही मोडल अनुरुप ब्यवस्थित फोहर मैला पेअसोधन केन्द्र को अबधारणा सन्चालन गरि अत्याधुनिक प्रसोधन मेशिन सहितको दैनिक ५ टन र निकट भबिस्यमै १८ टन सम्म प्रसोधन क्षेमता बिस्तार गर्दै नागरिक लाई रोजगर र नगर लाई स्वच्छ बनाउन लागि परेको बतएका छन।
४० एमएम सम्मका नसड्ने प्लास्टिक र सिसालाइ प्रसोधन गरि मल तथा कच्चा पदार्थ निर्माण गर्न आगामी ४ साल भित्र पूरा गरिसक्ने गरि UNDP सग रणनीतिक कार्य अगाडी वढिसकेको र सोही मुताबिक प्लास्टिक झोला सकेसम्म न्यूनीकरण गर्न कपडाको झोला लाई प्रार्थमिकता मा राख्न यो तालिम ले अह्म भुमिका खेलेको बताए।
गच्छदार ले ३ महिने सिलाइ सिकेर समेत प्रतिस्पर्धात्मक बजार लाई पयट लगौन नसकेर बसेका भन्दा ५ दिनमै सीप सिकेर उद्दमी बनेका हरुको प्रशन्शा गर्दै आफू नग्र मा मेय्र रहेसम्म पैसा कै अभावमा सीप खपत गरि आय आर्जन बाट क्सैलाइ बन्चित हुन नदिने र २४ घन्टा आफू प्रतिबद्ध रहेको बताए। सहुलियत ब्यज दरमा ब्यावसायिक रिण , लघु उद्दम बाट ८०% सम्म अनुदान र नगरपालिका बाट १ लख सम्म बीउ पुजि उपलब्ध गराइ ह्रेक गरिब,बेरोजगार ,तथा आर्थिक बिपन्न लाई आय आर्जनको बाटोमा सफल बनएरै छाड्ने प्रतिबद्धता ब्यक्त गरेका छन। गच्छदारले तालिममा सहभागी ५ समुहलाइ प्रती समूह १ का दरले ५ वटा कपडा झोला सिलाउने मेशिन हस्तान्तरण गरेका थिए।
हरित पुनरोत्थान प्रवर्धन परियोजना का फोकल पर्शन तथा दुहबी नगर पालिका बातावरण शाखा प्रमुख बिमल चौधरी ले बातावरण मैत्री यस्ता कर्यक्रम ले नागरिकको स्वास्थ्य र आय आम्दानी दुबै क्षेत्रमा सहयोग पुग्ने बताए।
कार्यक्रम को अध्यक्षता आधार नेपालका अध्यक्ष टिकाराम खत्री ले गरेका थिए।