दुहबी । सुनसरी को दुहबी नगरपालिका वडा नम्बर ४ ले वडाका एकल महिला,जेष्ठ नागरिक,दलित जेष्ठ नागरिक हरुका लागि फाइबर सिरक बितरण गरेको छ। दुहबी नगरपालिका ले प्रत्येक वडा लाई ३५ थानका दरले रु साढे ४ लाख मूल्य बराबरको सिरक उपलब्ध गराएको थियो।
नगरपालिकाले उपलब्ध गराएको ३५ थान बाहेक थप आफ्नो वडा बाट १९२ थान गरि जम्मा २२७ थान सिरक वडा नम्बर ४ का वडाध्यक्ष राजन बस्नेत ले आज बितरण गरेका हुन।उक्त सिरक बितरण कार्यक्रममा सदस्य शंकर बस्नेत,इस्लाम मिया,जितनी खाँ,सोनिया ऋषिदेव साथै २०७४ को स्थानीय निर्वाचनमा वडा अध्यक्ष का प्रत्याशी मुस्तकिम रैन समेत को उपस्थिति रहेको थियो।
अध्यक्ष बस्नेतले बितरित कम्वल हरु प्रती गोटा रु १०५० का दरले खरिद गरिएको र पालिकाले उपलब्ध गराएको समेत सोही मुल्यका दर बमोजिमका रहेको जानकारी दिए। चिसो मौसम बढे सगै जेष्ठ नागरिकहरुलाइ जाडोको प्रभाव बढेको हुदा नगरपालिकाले उपलब्ध गराएको सिरक हरु मा वडाले समेत थप गरि आफ्ना वडाका सबै जेष्ठ नागरिक हरुलाइ पालिका र वडा बाट जम्मा २ लाख ३८ हजार ३५० मूल्य बराबर को सिरक बितरण गरिएको अध्यक्ष बस्नेतले बताए।