दुहबी/ सुनसरीको दुहबीमा ग्रामीण समाज सेवा केन्द्र दुहबीको २० औं साधारणसभा सम्पन्न भएको छ। शनिबार सम्पन्न साधारणसभाका प्रमुख अतिथी दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले समुदघाटन गर्दै संस्थाको सामाजिक गतिविधिको प्रसंसा गरेका थिए।
संस्थाका अध्यक्ष महेस कुमार माझीको अध्यक्षतामा भएको साधारणसभाका बिशिस्ट अतिथि थाकसका केन्द्रिय सल्लाहकार तथा श्रीजनकल्याण साकोसका अध्यक्ष समाजसेवि मिलिराम चौधरीले ग्रामीण समाज सेवा केन्द्रले समाजमा गरेको योगदानको विषयमा चर्चा गरेका थिए।
ग्रामीण समाज सेवा केन्द्रको २० औं बार्सिक साधारणसभामा स्थानीयहरु लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।