सुनसरी/ नेपाली काङ्ग्रेस दुहबी नगर कार्यसमिति का सभापति बेद गच्छदारले ४ जना लाई नगर कार्य समिती को सदस्यमा मनोनीत गरेका छन।आज बसेको नगर कार्य समितीको दोश्रो बैठक बाट सभापति बेद गच्छदारले कोसाध्यक्ष एक सहित ३ जना लाई पार्टी को नीति निर्देशनमा रहि सङठन लाई बृहतिकरण साथै मजबुत बनाउन बिभागको तदर्थ समिति गठन गरि बिभाग प्रमुख तोकेका छन।
साह सेवा समिति भवन मा सम्पन्न उक्त बैठक बाट नेपाली काङ्ग्रेस दुहबी का युवा नेता शम्भु बिस्वास लाई प्रशिक्षण बिभाग को प्रमुखको जिम्मेवारि दिएका छन भने अर्का युवा नेता अर्जुन खड्कालाइ सुचना तथा सन्चार ,प्रचार प्रसार बिभागको प्रमुख बनाएर जिम्मेवारी सुम्पेका छन।
सभापति गच्छदारले पार्टी को बिधान अनुसार निर्वाचित सदस्य मध्य बाट चन्दन मन्डल लाई कोसाध्यक्ष को जिम्मेवारी दिएका छन भने सोही बिधान अनुसार सभापति ले मनोनीत गर्न पाउने २०% सदस्य हरु मध्य केही मनोनीत गरेका छन। मनोनीत नगर सदस्य मा महिला तर्फ वडा नम्बर १० कि कोसिला चौधरी ,७ कि शक्ति चौधरी ,युवा तर्फ दिलिप स्वर्णकार रहेका छन।
गच्छदार ले पार्टिलाइ पुर्ववत तरिकाले नभै आम नागरिक र कार्यकर्ताले महशुस गर्ने गरि चुस्त रुपमा सन्चालन गर्ने र यो पूरा गरेरै छाड्ने बताएका छन। कार्यक्रममा बोल्दै गच्छदार ले १२ वटै वडाका सभापति लाई आगामी पौष मसान्त भित्र वडा पार्टी कार्यलय खोल्न निर्देशन दिएका छन भने महिला संघ ,तरुण दल,विद्यार्थी संघ ,किसान संघ ,दलित संघ लगायत भातृ ,भगिनी,तथा सुभेक्षुक संघ हरु माघ पहिलो हप्ता देखि नै गठन गरि चलायमान गर्न निर्देशन दिएका छन।
गच्छदारले आफू नगर सभापति साथै दुहबी नगर प्रमुख समेत रहेको हैसियत ले दुहबी नगरपालिकाले आगामी माघ १ गतेका दिन माघे सक्रान्ती तथा माघी महोत्सवको आयोजना गरेको जानकारी समेत गराएका थिए। नगरका सबै वडामा बसोबास गर्ने विभिन्न धर्म,सस्कृती ,जात जाती,भासा ,भेस भुसा लाई पहिचान र उथ्थान गर्दै अगाडि बढाउने उदेश्य ले उक्त महोत्सव को आयोजना गर्न लागेको गच्छदार ले बताए।
नगरपालिकाले आवस्यकता अनुसार स्टल हरुको ब्यावस्था गर्ने तर हरेक जात जाती का समुदाय हरुले आफ्नो धर्म ,सस्कृती,रिति रिवाज,परम्परा अनुसारको पहिचान झल्किने गरि भेस भुसा, सास्कृति ,परम्परा ,झाकी, हस्तकला, उत्पादित बस्तु, लगायतको स्टल राख्न तत तत समुदायहरु स्वयमले ब्यावस्था गर्नु पर्ने गच्छदारले बताएका छन।
१ दिन चल्ने उक्त महोत्सवलाई सफल बनाउन सबै नगरबासी लाग्न अनुरोध गर्दै गच्छदार ले माघि तथा माघेसक्रान्तिको सबैमा अग्रिम सुभकामना दिएका छन।