दुहबी / चरम गुटबन्दीले नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय अधिबेशन २०७८ को सुनसरी क्षेत्र नम्बर ३ को मतदान हुन सकेन। सहमतिय प्रणालीमा जान न सकेपनि मतदान गराउदा कस्को जित र कस्को हार हुन्थ्यो र ? भन्दै आफ्नो पार्टीको आन्तरिक द्वन्द ठुला नेताले मिलाउन सक्नु पर्ने नेपाली कांग्रेसका सचेत कार्यकर्ताहरुको भनाइ छ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत विभिन्न तहका अधिवेशन चल्दै गर्दा सुनसरी क्षेत्र नं ३ को
मतदान अर्को सूचना प्रकासीत नभएसम्म अनिश्चिति कालको लागि स्थगित भएको निर्वाचन अधिकृत देव नारायन यादवले जनाएको छ
कांग्रेस उपसभापति समेत रहेका विजयकुमार गच्छदारको क्षेत्र सुनसरीको इटहरी, दुहवी, गढि, बर्जु लगाएतका स्थानमा महाधिवेशको प्रकृया अगाडि बढिरहेको छैन ।
सो ठाँउमा गच्छदारले सहमति गराउने भन्दै महाधिवेशनको प्रकृया रोकिरहेको काङ्ग्रेस स्रोतको भनाई छ ।
तर, उनको यस्तो कदमलाई नयाँ पिढिले भने स्वीकार गर्न सकेका छैनन् । चेतन धमला यसै क्षेत्रबाट महाधिवेशन प्रतिनिधिका उठेका एक युवा नेता हुन् । संचार क्षेत्रबाट राजनीतिमा उदायका धमलाले सुनसरीको क्षेत्र नं ३ मा प्रतिस्पर्धा वा सहति कुनै पनि तरिकाले अधिवेशन नहुनु दुःखद भएको बताएका छन ।
यता निर्वाचनको मतदान केन्द्र दुहबीमा निर्वाचन अधिकृतले पटक – पटक मतदानको समय बढाएको भन्दै कांग्रेसका नेता कार्यकर्ता हरुले बिवाद गरेका थिए । सो बिषय लाई लिएर समय सारेको भन्दै निर्वाचन अधिकृत विरुद्ध चर्को नाराबाजी गर्दै राजीनामा समेत माग गरेका थिए ।
काङ्ग्रेस स्रोतअनुसार क्षेत्र सभापतिमा ३ जना उमेदवार मेहदि हुसेन , सत्यनारायण गच्छ्दार , प्रदिप चौधरी रहेका छन सो मध्ये काङ्ग्रेसको माथिल्लो नेताको निर्देशनमा प्रदिप चौधरी लाई पछाडी सार्ने रणनिती अनुसार हुसेन र गच्छ्दार मात्र चुनावमा लडने योजना बनाई सभापती बाहेकका पदमा भाग बन्डा गरि टिके प्रथा र आफ्ना आसेपासेलाई मात्र चुनाव बाट ल्याने सडयन्त्र भए पछि बिवाद उत्पदन भएको काङ्ग्रेस स्रोतको दाबी छ ।
आज दुहबी रंगशालामा हुने भनिएको कांग्रेसको मतदान स्थलमा समय सिमा भित्र मतदान गराउन न सकेको भन्दै कांग्रेसका कार्यकर्ताहरुद्वारा मतदान अधिकृत राजीनामा दे, टिके प्रथा चल्दैन भन्दै चर्को नाराबाजि गरेका थिए।
मतदान स्थलमा अप्रिय घटना हुन न दिन जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपि सहित सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो।