दुहबी/ सुनसरीको दुहबीमा जारि प्रथम दुहबी आमन्त्रण भेट्रान
नक आउट फुटबल प्रतियोगिताको उपाधी हाम्रो धरान भेट्रान धरानले हाथ पारेको छ। आज भएको फाइनल खेलमा हाम्रो धरान भेट्रान धरानले भरौल भेट्रान क्लब भरौल सुनसरीलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधी सहित ५१ हजार नगद तथा ट्रफी प्रमाणपत्र प्राप्त गरेको छ। उपबिजेता भरौल भेट्रान सुनसरीले ३१ हजार नगद तथा ट्रफी प्रमाणपत्रमा चित्त बुझाएको छ।
खेलको ४४ औं मिनेट र ६० औं मिनेटमा हाम्रो भेट्रान धरानका खेलाडीहरु जनक राज सुनुवार र जोनी मोक्तानले १-१ गोल गर्दै आफ्नो टिमको बिजय सुनिस्चित गराए। भरौल भेट्रान सुनसरीका खेलाडी डेनीम राईले खेलको ५७ औं मिनेटमा १ गोल गरे। दुहबी स्थित श्रीसरस्वती माबीको खेल मैदानमा दुहबी भेट्रान क्लबले आयोजना गरेको फुटबल प्रतियोगितामा सुनसरी मोरङका १० वटा क्लबले प्रतिस्पर्धा गरेका थिए ।