इटहरी / सुनसरीको इटहरी र दुहवीका बाढी पिडितहरुलाई राहात वितरण गरीएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं ८ र दुहवी नगरपालिका वडा नं ९ का बाढि पिडितहरुलाई राहात बितरण गरीएको हो ।
गत कार्तिक महिनामा आएको बेमौसमी बाढीबाट प्रभावित भएका इटहरी वडा नं ८ का ८० परीवार र दुहवी नगरपालीका वडा नं ९ का २०० बाढी पिडीत परीवारहरुलाई सहयोग गरीएको हो ।
एसिया प्यासिफिक अलाईन्स फर डिजास्टर मेनेज्मेन्टको आर्थिक सहयोग तथा यूवा विकास केन्द्र इटहरीको समन्वयमा उक्त सहयोग गरीएको यूवा विकास केन्द्र इटहरीका संयोजक निराजन खड्काले बताए ।
बाढिबाट प्रभाबित भएका पिडीतहरुलाई ब्लाङ्केट साथै चामल, दाल लगायतका खाघ्यन्न सामाग्रीहरु वितरण गरीएको खड्काले बताए ।
इटहरी उपमहानगरपालीका वडा नं ८ मा मङ्सिर १ गते र दुहवीमा मङ्सिर २ गते राहात वितरण गरीएको थियो ।