दुहबी/ दुहबीमा जारी प्रथम नकआउट खुल्ला फुटबल प्रतियोगिताको आज भएको फाइनल खेलमा दुहबी २ स्थित पचीरा फुटबल क्लब पचीराले दुहबी ३ स्थित बसन्तपुर फुटबल क्लब बसन्तपुरलाई २-० गोल अन्तरले हराउँदै उपाधी चुमेको छ।खेलको मध्यान्तर सम्म दुबै टिमले प्रतिस्पर्धात्मक खेल खेले पनि कसैले गोल लगाउन सकेको थिएन।
मध्यान्तरपछिको खेलमा पचीरा फुटबल क्लबका खेलाडीद्वव श्रवन गच्छदार र धिरज चौधरीले १-१ गोल गर्दै आफ्नो टिमको जित सुनिस्चित गराए। उपाधी सहित पचिरा फुटबल क्लबले २५ हजार शिल्ड प्रमाणपत्र र दोस्रो हुने बसन्तपुर फुटबल क्लबले १५ हजार शिल्ड प्रमाणपत्र प्राप्त गरे।
फाइनल खेलमा विभिन्न बिद्यागत खेलाडीहरुलाई समेत पुरस्कार प्रदान गरियो। फाइनल खेलका प्रमुख अतिथी दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले दुहबीमा रास्ट्रिय स्तरको रंगशाला निर्माण गर्न ५ करोड लागि सकेको जानकारी दिदैं दुहबीमा खेल र खेलाडी प्रबर्द्धन गर्न लागीपरेको जनाए।
प्रतियोगिताको उत्कृष्ट खेलाडी हरूमा आजको म्यान अफ द म्याच श्याम चौधरी,बेस्ट गोलकिपर ,रबीन चौधरी, बेस्ट डिफेन्स दुर्योधन चौधरी,बेस्ट मिड फिल्ड हर्षित माझी,बेष्ट कोच श्री नारायण भगत र सर्बश्रेष्ठ खेलाडी श्रबण गच्छदार घोषित भए। उनिहरुले नगद सहित मेडल प्राप्त गरे। दुहबी, बुढीगंगा र गढी गाउँपालिकाका १० वटा टिम बिच दुहबी ५ स्थित श्रीसरस्वती माबिको खेल मैदानमा भएको उक्त प्रतियोगिताको आयोजक युथ एलेभेन फुटबल क्लब दुहबी ५ रहेको थियो।