दुहबी/ सुनसरीको दुहबीमा जारी प्रथम खुल्ला नकआउट फुटबल प्रतियोगिताको आज भएको उदघाटन खेलमा बांसबारी फुटबल क्लब मोरंगलाई सिमरीया फुटबल क्लब सुनसरीले २-१ गोल अंतरले पराजित गर्दै क्वाटर फाइनलमा प्रबेश गरेको छ।
खेलको २ औ मिनेटमा सिमरियाका खेलाडी प्रलाद चौधरीले १ गोल गरे। खेलको ३२ औ मिनेटमा बांसबारी फुटबल क्लबका खेलाडी बिकाश खवासले १ गोल गर्दै बराबरीमा पुर्याएका थिए। खेलको मध्यान्तर पछिको ५५ औ मिनेटमा सिमरियाका खेलाडी कबिन्द्र चौधरीले १ गोल गर्दै सिमरिया क्लबको जित सुनिश्चित गराए।
खेलका प्रमुख अतिथी दुहबी वडा नम्बर ५ का वडाअध्यक्ष रमेश कुमार रौनियारले प्रतियोगिताको उत्कृष्ट खेलाडी सिमरीया फुटबल क्लबका नबिन कामतलाई नगद १ हजार सहित मेडल प्रदान गरे। भोलीको खेल युथ फर प्लानिड्ग गढी गाउँपालिका भमरी सुनसरी र भवानीपुर एकता क्लब बुढीगंगा गाउँपालिका मोरंगबिच हुने आयोजक युथ ११ फुटबल क्लब दुहबी ५ का अध्यक्ष बिक्की आनन्द श्रेष्ठले जानकारी दिएका छन् ।