दुहबी/ सुनसरीको दुहबीमा भोलीदेखि प्रथम नकआउट खुल्ला फुटबल प्रतियोगिता हुने आयोजक युथ ११ फुटबल क्लब दुहबी ५ का अध्यक्ष बिक्की आनन्द श्रेष्ठले पत्रकार सम्मेलन मार्फत आज जानकारी दिएका छन् ।
दुहबी नगरपालिका, गढी गाउँपालिका र बुढीगंगा गाउँपालिकाको १० वटा फुटबल क्लबबिच प्रतिस्पर्धा हुने प्रतियोगितामा प्रथम हुने टिमले उपाधी सहित २५ हजार शिल्ड प्रमाणपत्र र दोस्रो हुनेले १५ हजार शिल्ड प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रतेक दिनको प्रतियोगितामा उत्कृष्ट खेलाडी र फाइनल खेलमा विभिन्न बिद्यागत खेलाडीहरुलाई पुरस्कार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष श्रेष्ठले जानकारी दिए।
दुहबी वडा नम्बर ५ स्थित श्री सरस्वती माबिको खेल मैदानमा भोलीदेखि हुने उक्त प्रतियोगिताको संयोजन दुहबी वडा नम्बर ५ को कार्यालयले गरेको छ भने मुख्य प्रायोजक गणपती चिउरा मिल रहेको उक्त प्रतियोगिताको कुल खर्च ४ लाख रहेको आयोजक क्लबका सचिब मनिस अधिकारीले बताए। आयोजक क्लबका अध्यक्ष बिक्की आनन्द श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रमुख अतिथी दुहबी वडा नम्बर ५ का वडाअध्यक्ष रमेशकुमार रौनियारले स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यले फुटबल प्रतियोगितालाई संयोजन गरेको बताए।