दुहबी/ सुनसरीको दुहबी १० बुद्ध चौक स्थित ईनरुवा-दुहबी सडकको छेवमा रहेको खाल्डोमा बस पल्टिँदा ठूलो दुर्घटना हुनबाट जोगिएको स्थानीयहरुले
बताए ।
सो बस दुहबी १० स्थित संचालनमा रहेको बुद्ध एकेडमि बोर्डिङ स्कुलको रहेको छ। बस दुर्घटनामा चालक सहित तीन जना मात्र सवार रहेको थियो। बसले विद्यार्थी हरुलाई घर छोडेर स्कुल तिर जान लागेकोले बस भित्र कुनै पनि विद्यार्थी नरहेको प्रत्यक्षदर्सिहरुले बताए। स्थानीयहरुका अनुसार सो बस भित्र विद्यार्थी नभएको हुनाले ठुलो दुर्घटनाबाट जोगिएको
बताए । सो बोर्डिङ स्कुल नर्सरी देखि कक्षा ५ सम्म रहेको छ ।
यता सो दुर्घटनाको बिषयमा बोर्डिङ स्कुल संचालक रामकुमार चौधरीसंग बुझ्दा बस चालकले घुम्तीमा युटर्न गर्दा अनियंत्रित भएर दुर्घटना भएको बताए । चौधरीका अनुसार विद्यार्थी बोक्ने दैनिक रुपमा भोलि देखि अर्को गाडी मिलाईएको बताए ।