दुहबी/ नेपाली कांग्रेसको १४ औं महधिवेशनको दुहबी नगर सभापतिमा बेदनारायण गच्छदार १६४ मत सहित बिजय भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी टेकचन्द बिश्वासले ६९ मत मात्र प्राप्त गरेका छन् । जम्मा २४० मध्ये ७ मत बदर भएको स्रोतले दाबी गरेको छ। दुहबीमा निर्वाचन प्रक्रियाबाट कार्यसमिति चयन भएको हो। दुहबी कांग्रेस नगर सभापति पदमा ४ जनाको दावी रहेकोमा अन्तिममा २ जनाले उम्मेदवारि दिएका थिए।