दुहवी/सुनसरीको दुहवी ८ सोनापुरमा रहेको बिष्णु माबीको जग्गामा भूमाफियाको गिद्दे नजर गाडिएको पाईएको छ । बिष्णु माबीको ३ बिगाहा ४ कठ्ठा ५ धुर जग्गामा उनिहरुले मोहि खडा गरेर कब्जा प्रकृया अगाडी बढाएका हुन्।
बिष्णु माबी दुहवीको नाममा रहेको तत्कालिन सोनापुर गाबिस वडा नम्बर २(ख) हालको दुहवी नगरपालिका वडा नम्बर ८ स्थित कोशी राजमार्गकंगै टाँसिएको कित्ता नम्बर ३०१ को ३ बिगाहा ४ कठ्ठा ५ धुर जग्गाका मोहि रहेका पृथ्वीध्वज राईको मृत्यु भईसकेपछि उनकी बिवाहित छोरी खडा गरेर भूमाफियाले चलखेल गरेको स्थानियहरुको आरोप छ।
पृथ्वीमानकी छोरी गंगादेवी राईलाई मोहि खडा गरेर भूमाफियाले २०६७सालमा मुद्दा दर्ता गरेका थिए। भूमाफियाले तत्कालिन सोनापुर गाबिस हाल दुहवी नगरपालिका वडा नम्बर ८ बस्ने गंगादेवी राईलाई प्रयोग गरेर बिद्यालयको करिव १० करोड रुपैँया पर्ने जग्गामाथी गिद्दे नजर गाढेका हुन्।
अहिले उच्च अदालत बिराटनगरबाट मोहिका नाममा फैसला भईसकेको छ। सर्बोच्च अदालतमा पुनराबेदन गर्न पाईने समयपनि निकै घर्किसकेको छ। यदि यो जग्गामा मोहियानीका नाममा गएमा बिद्यालयको करिव १०करोडको सम्पत्ति गुम्ने देखिएको छ।
यता बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ओम थापाले हामीसँग यसबारे प्रतिकृया जनाउँदै यहि असोज १०गते बिद्यालय ब्यवस्थापन समिति र प्रधानाध्यापकको बैठक बसेर आवश्यक प्रकृया अगाडी बढाउने जनाएका छन।
यो समाचार धाराबाहिक रुपमा हामी निरन्तर प्रकाशन गरिरहने छौँ।