साउन २४ दुहबी। सुनसरीको दुहबी नगरपालिका अन्तर्गतको वडा नम्बर ८ बिस्णुमाबिको जग्गामा २५ देखि ३० करोड को लगानिमा देशकै नमुना अत्याधुनिक प्राबिधिक शिक्षालय बन्ने भएको छ। बिकाशशिल र बहु आयामिक भिजन बोकेका दुहबी नगर प्रमुख बेद गच्छदार को नगरबासी युवायुवती हरुको भबिस्य प्रतीको चिन्तनले गर्दा उक्त प्राबिधिक शिक्षालय सन्चालन हुन लागेको हो।
गच्छदारले उक्त शिक्षालयको डिपिआर तयार गरिसकेपछि स्विस राजदुत सग प्रत्यक्ष भेट गरि आफ्नो नगरमा यस्तो शिक्षालय आवस्यक रहेको साथै उक्त पुन्य कार्यका लागि सहयोग गरिदिन अपिल गरे का थिए। सोही अनुसार स्विस एम्बेसिका प्राबिधिक डाइरेक्टर डाक्टर उषा भन्डारिको नेतृत्वमा आज एक टोलि दुहबी नगरपालिकामा आएका थिए।
नगर प्रमुख बेद गच्छदार सग स्विस एम्बेस्सी कि प्राबिधिक डाइरेक्टर डाक्टर उषा भन्डारी को टोलिले भेट गरि उक्त प्राबिधिक शिक्षालय सन्चालन का लागि आब्स्यक पुर्वाधार तथा प्रयोगात्मक साथै अन्य शैक्षिक उपकरण हरुको बारेमा परामर्श गरेकी थिइन। गच्छदार ले डाक्टर भन्डारी लाई जानकारी दिदै दुहबी नगरपालिका बास्तबमै प्राबिधिक शिक्षा को पहुँच भन्दा बाहिर भएको हुदा याहा कृषि तथा पशुपालन साथै औद्योगिक प्रशिक्ष्यार्थी बाहुल्य क्षेत्र बाट नया जेनेरेशन प्रताडित हुन नपरोस् भनी यो कार्य अगाडि बढाएको बताए।
गच्छदारले आफुले बनाउन लागेको प्राबिधिक शिक्षालाय देशकै नमुना हुने बताउदै उक्त शिक्षालयमा कृषि ,पशुपालन,भेटेनेरी, साथै एग्रो मेकानिक सम्बन्धी पढाइ हुने बताए। नया बन्ने शिक्षालय परिसर मुख्य सडक छेउ भएको हुदा सडक छेउमा ब्यावसायिक सर्टर ,क्यान्टिन, होस्टेल साथै छेवैमा औधोगिक स्वास्थ्य भवन र गार्डेन सहितको बनाउने लक्ष्य रहेको जानकारी दिदै गच्छदारले याहाको शिक्षालय का बिद्यार्थी हरुलाइ औद्योगिक प्रशिक्षार्थी का रुपमा समेत तेस्रो मुलुक सम्म सुचिकृत गरिदिन स्विस टेक्निकल डाइरेक्टर डाक्टर भन्डारी सग आग्रह गरेका थिए।
best is always best तर आफ्नो भिजन भनेको worst बाट best बनाउने रहेको हुदा SEE मा C र D grade ल्याउनेले पनि सकेसम्म जागिर पाओस नभएपनी आफ्नै ब्यावसाय गरेर खाओस भन्ने उदेश्य ले यो टेक्निकल इन्स्टिट्युट सन्चालन गर्न लागेको गच्छदारले बताएका थिए।
स्विस एम्बेस्सी कि टेक्निकल डाइरेक्टर भन्डारिले गच्छदार का उक्त सामाजिक न्याय सहितका दुरगामी तथा दिर्घकालिन बिकास का भिजन लाई हर तरिकाले साथ र सहयोग गर्ने वचन बद्दता जाहेर गरेकी थिइन। भन्डारिले नेपाल सरकार को ८ तह सम्म रहने प्राबिधिक शिक्षालय नीति अनुरुप स्थानिय सरकार सन्चालन ऐन मै ब्यावस्था भएको ३ तह सम्मको (माध्यामिक तह) प्राबिधिक शिक्षालय को सम्बन्धनका अधिकार स्थानिय तहमै रहेको जानकारी दिदै बाकी सुबिधाहरु का लागि स्विस राजदुताबास का तर्फबाट सबैखाले सहयोगका लागि आफ्नो हर तरहको पहल र साथ रहने बताएकी थिइन।
नमुना प्राबिधिक शिक्षालय हालको रमपम फ्याक्ट्री अगाडि रहेको बिस्णु माबिको ४ बिगाहा जग्गामा बन्ने र थप प्रयोगात्मक पढाई का लागि बुढिगङ्गा ५ मा रहेको दुहबिकै बिधालय को १६ बिगाह जग्गा मा विभिन्न पशुपालन ,कृषि ,लगायत को बृहत सम्रचना बनाइ संचालनमा ल्याउने गच्छदारले बताए।