दुहबी/ सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ८स्थित कदम गाछिमा सन्चालनमा रहेको सनराइज पेपर उद्योगको लापर्वाही का कारण सयौ स्थानिय घरपरिवार हरु बिस्थापीत नै हुने सम्भावना बढ्दै गएको भन्दै स्थानियहरु आक्रोशित भएका छन।
स्थानिय बासिन्दा लक्ष्मी ठाकुरका अनुसार उक्त पेपर मिल्सले केमिकल युक्त बिसादी पानी लुकिछिपी उद्योगको विभिन्न ठाउबाट दुलो बनाउदै बस्ती तिर पठाउदा दुर्घन्धसहित को उक्त पानीका कारण घरमा बस्नै नसकिने भएकोमा केमिकल सहितको फोहोर पानी मा गाइभैसी चर्दा गाइभैसकिको गोडा पाक्ने साथै मुखमा खटिरा आउने समस्या भएकोले गाइभैसिले दूध समेत दिन छोडेको बताइन।
अर्कि स्थानिय कल्पना पौडेलका अनुसार उद्योगले चिम्नी प्युरिफाइ नगरी धुंवा बाहिर फाल्दा कपडा लगाएत खानामा समेत छाइ खरानी खान बाध्यपारिएकोमा पटकपटक उधोग व्यवस्थापन संग समस्या सुनाउदा कुनै सुनुवाइ नगरेको बताइन।
अर्का एक स्थानिय आशा मेहताले रुदै भनिन हाम्रो लागि बोलिदिने कोहि छैन,दैनिक खाना खादा खरानी मिसिएको खाना खान्नु पर्छ, दुर्घन्धले सासै फेर्न मुस्किल छ, उद्दोग बाट निस्केको फोहोर पानीको डुबानले हात खुटामा खटिरा आएका छन तैपनी उद्योगले अटेर गरिर्हेकोमा अब हामी ,न्याय माग्न काहा जानु भनेर प्रश्न गरिन।
सो बिषयमा उद्योगका मेनेजर देबि भट्टराई संग बुझ्दा दुर्गन्धको समस्या सुईकारेता पनी सो समस्या आफ्नो मात्रै उद्योगको नभई छेउ छाउको धेरै उद्योगमा यस्तै समस्या रहेको बताउदै उनले भने केही व्यक्तिको निजि स्वार्थ पूरा नभएको कारण उद्योग लाई बदनाम गर्न खोजेको आरोप लगाए ।
भट्टराई भन्छन आफ्नो पेपर मिल्सले पानी स्थानीय बस्ती तिर नपठाएको जिकिर गर्दै अन्डग्राउण्ड गरि खोला तर्फ फालेकोमा स्थानियहरुको स्वास्थ्यमा कुनै असर हुने काम नगरेको बताए।