सुनसरी/ सुनसरीको दुहबी वडा नम्बर २ स्थित रहेको प्रिमियर स्टिल उद्योगले अबैध र अनाधिकृत गैरकानुनी रूपमा उद्योग छेउमा रहेको नवीन आधारभुत विद्यालयको २ कठ्ठा जग्गा र सुनसरी-मोरङ सिंचाइ आयोजनाको नहर मिचेर साढे ८ कठ्ठा करोडौंको जग्गा निजि प्रयोजनकालागि नन्द किशोर राठी समूह र शिबरत्न शारडा समुहको प्रिमियर स्टिल प्रा.लि.ले अतिक्रमण गरि विद्यालयको जग्गा बाटो प्रयोजनकालागि अधिग्रहण गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले बिशेश अदालतमा मुद्दा दर्ता गर्न लागेको स्रोतले दाबी गरेको छ।
सार्बजनिक एबं सरकारि सम्पत्तिको दुरुपयोग गरेको भन्दै प्रिमियर स्टिल उद्योगका ९ जना संचालक र सो विद्यालयका तत्कालीन प्रधानअध्यापक, विद्यालय ब्यब्स्थापन समितिका सदस्यहरु,बार्ता टोलिका सदस्यहरु र साक्षीहरुको बयान अख्तियारले लिइ सकेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालय द्वारा उद्योगलाई सडक प्रयोजनकालागि म्याद बिनाको रु ८ लाखमा उद्योगिहरुलाइ जग्गा दिने निर्णयका बारेमा विद्यालयका प्रधान अध्यापक सुरेन्द्र चौधरी,विद्यालय ब्यब्स्थापन समितिका सदस्यहरु बद्रीनारायण खां, राजनारायण बिश्वास,उमालाल चौधरी,पन्नालाल चौधरी,अमृत लामा लगायतहरुसंग बयान लिइ सकेको हो।
यसैगरी सो कुराको साक्षी बस्ने प्रदीप चौधरी र श्रीप्रसाद यादवसंग समेत बयान लिइ एक हप्ता भित्र अख्तियारले बिशेश अदालतमा मुद्दा दायर गर्ने तयारी भइ रहेको जनाइएको छ।
उद्योग छेवमै रहेको तत्कालिन नविन शिक्षा आधारभूत विद्यालय व्यवस्थापन समिति प्रधान अध्यापक, सुनसरी–मोरङ्ग सिंचाई आयोजनाका कर्मचारीहरु, तत्कालिन रामगन्ज सिँचाई शाखा उपभोक्ता समितिका पदाधिकारी, तत्कालिन दुहवी गाविसका अधिकृत र कर्मचारी, साक्षि र रोहवरमा बस्नेहरु र सधियारहरु बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाण्डौंमा २०७६ साल बैशाख १२ गते उजुरी परेको
थियो ।
सो उजुरिको अनुसन्धान गर्न बैशाख १६ गतेको पत्र अनुसार अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीले अनुसन्धान गरि रहेको छ । अख्तियारको उजुरि दर्ता नम्वर २५१४२ मा सार्वजनिक सरोकारको भ्रष्टाचारको विषयमा अनुसन्धान गरी भ्रष्टाचारीहरुलाई कारवाही गरी पाउ भनिएको थियो ।
तत्कालिन दुहवीका अधिकृत युबराज ढकाल र अन्य कर्मचारीको मिलेमतोमा जालझेल गराइ सो उद्योग स्थापना गरेको, दुहबी न.पा. वार्ड नं. २ स्थित उद्योग छेवमा रहेको नविन शिक्षा आधारभूत विद्यालय व्यवस्थापन समितिले करोडौ पर्ने जग्गा उद्योगलाइ गलत तरिकाले हस्तान्तरण गरेको, सुनसरी–मोरङ्ग सिंचाइ आयोजनाको करिब साढे आठ कठ्ठा जग्गा सरकारी कुलो नहर मिचि फ्याक्टरी निर्माण गरेर अख्तियार मिचेर भ्रष्टाचार गरेको भन्दै अनुसन्धान गरी कारवाही गरी पाऊ भनि उजुरिमा उल्लेख रहेको थियो ।
२०७३ मंसिर ८ गते दर्ता भएको प्रिमियर स्टील प्रा.लि. नामक उद्योगको स्थापनामा जालझेल गरी प्रारम्भीक वातावरणिय परिक्षण आइइइ समेत गुपचुप गरी गरेको, उद्योगले नेपाल सरकारले खनेको साने नहर मिचेको, स्थानिय सामुदायिक विद्यालयका नि.वर्तमान व्यवस्थापन समिति र प्रधानाध्यापकले व्यक्तिगत लोभमा परी उक्त उद्योगको बाटो प्रयोजनको लागि जग्गा उपलव्ध गराई चलन चल्तीको मूल्यमा करिब एक करोड बढी राज्यको सम्पत्ति दुरुपयोग गरेको दुहवी गाविसका अधिकृत र कर्मचारीको मिलेमतोमा जालझेल गराइ उद्योग स्थापना गरेको भनि उजुरी परेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरी उपर छानविन गर्दे २०७६ साल असारको पहिलो हप्ता सुनसरी–मोरङ्ग सिंचाइ आयोजना, नविन शिक्षा आधारभूत विद्यालय, प्रिमियर स्टिल उद्योग र दुहवी नगरपालिकालाइ १५ दिन भित्र सो उजुरीमा उल्लेख भएको १४ ओटा प्रमाणको बिषयमा के कसो हो भनेर लिखित जवाफ माँगेको थियो ।
लिखित जवाफको सम्बन्धमा सुनसरी-मोरङ्ग सिंचाइ आयोजनाले लगभग ९ कठ्ठा वाटर कोर्स(सानो नहर)सो उद्योगले मिचेको भनि स्पष्टीकरण दिएको बताइएको छ भने नविन शिक्षा आधारभूत विद्यालयले तत्कालिन व्यवस्थापन समितिका अध्यक्ष, पदाधिकारी र प्रधानाध्यापकले प्रिमियर स्टिल उद्योग संचालक विरेन्द्र राठीका बीच उद्योगलाइ वाटो प्रयोजनकालागि भनेर ८ लाख लिएर सम्झौता गरिएको माईन्यूट रहेको बताइएको छ ।
यसैगरी वातावरण बिभागबाट आएको टोलीले प्रिमियर स्टिल उद्योगमा अनुगमन समेत गरेको थियो ।
वातावरण बिभागले प्रिमियर स्टिल उद्योग र छेवछावका गाउँमा समेत स्थलगत अनुगमन गरेको थियो । उद्योगबाट निस्केको धुवा धुलो र ध्वनी प्रदुषणका कारण स्थानीयहरु आक्रोशित भएपछि रास्ट्रिय मानव अधिकार आयोगमा स्थानीयहरु ४०९ जनाले हस्ताक्षर सहित उजुरी दिएपछि स्थलगत अनुगमन गरिएको थियो । वातावरण बिभागका केमिस्ट केशव पौडेलले सो उद्योगका बारेमा विस्तृतरुपमा अध्ययन गरेर मन्त्रालयमा पेशगरि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे अनुरुप उद्योगले गलत आइइइ गरेको ठहर गर्दै प्रतिवेदन सहित कारवाहीकोलागि मन्त्रालयमा सिफारिस गरेको बताए।
प्रिमियर स्टिल उद्योगले गलत आइइइ गरेको ठहर गर्दै वातावरण विभागबाट आएको वातावरणीय प्रदुषण नियन्त्रण तथा नियमन शाखाले कारवाहीकोलागि सिफारिस समेत गरेको थियो। टोलीको निरीक्षण प्रतिवेदनमा प्रिमियर स्टिल प्रालिको प्रारम्भिक वातावरणीय परीक्षणमा उद्योग नजिकै मदरसा र विद्यालय न रहेको शाखा नहर(कुलो) न रहेको घना वस्ती न रहेको उल्लेख गरेको थियो । उद्योगका प्रोडक्सन मेनेजरले हाल सम्म धुलो, धुवाँ,फोहर पानि एवं ध्वनीको परिक्षण न गरिएको, धुलो, धुवाँ नियन्त्रणकोलागि कुनै उपकरण न लगाएको प्रतिवेदनमा उल्लेख थियो।
उद्योगले प्रारम्भिक वातावरणीय परिक्षण र वातावरणीय प्रभाव मूल्याङकनलाइ गलत तरिकाले प्रस्तुत गरेको निष्कर्ष निकाल्दै वातावरण विभागले आवश्यक कारबाहीकोलागि नेपाल सरकार वन तथा वातावरण मन्त्रालयलाइ प्रतिवेदन पठाएको थियो।