काठमांडौ/नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई धरौटीमा छाड्ने निर्णय गरेका विशेष अदालतका अध्यक्षको २ दिनमै सरुवा भएको छ।
बालुवाटारको ललिता निवासको जग्गा प्रकरणका अभियुक्त कांग्रेस नेता विजयकुमार गच्छदारलाई धरौटीमा छाड्ने विषेश अदालतका अध्यक्षको सरुवा भएको हो।
गच्छदारलाई छाडेको दुई दिनमै विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की इलाम सरुवा भएका हुन।
कार्कीलाई उच्च अदालत विराटनगरअन्तर्गत इलाम इजलासको मुख्य न्यायाधीशका रुपमा काजमा पठाइएको छ ।
सर्वोच्चले कार्कीको काज सरुवाको निर्णय भने सार्वजनिक गरेको छैन् । अध्यक्ष कार्कीले काज सरुवाको निर्णय भएको जानकारी दिएका हुन।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ५६ लाख रुपैयाँ बिगो दाबी गरेर मुद्दा चलाएका गच्छदारलाई १० लाख धरौटीमा छाडिएको थियो ।
गच्छदारलाई १० लाख धरौटीमा छाडेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा असन्तुष्ट रहेको स्रोतले जनाएको छ ।
मुद्दा चलेको डेढ वर्ष सम्म फरार रहेकोे भनिएका गच्छदार कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको भोलिपल्टै अदालतमा उपस्थित भएका थिए । उनलाई अदालतले त्यही दिन धरौटिमा छाडेको थियो।