दुहबी/ सुनसरीको दुहबी २ स्थित धनुस्ना खोलामा कुनैपनि पर्खाल न लाउन र यहि असार २३ गते अदालतमा उपस्थित हुन उच्च अदालत बिराटनगरका न्यायाधीस मुरारीबाबु श्रेष्ठको एकल इजलासले गत शुक्रवार अन्तरिम आदेश दिएको छ।
तेहा स्थित नया बन्दै गरेको एक उद्योगले दुहबी वडा नम्बर २ र दुहबी वडा नम्बर १० को सिमानामा पर्ने करिव ४० फिटको धनुस्ना खोलामा ३० फिट अतिक्रमण गरेर खोलाको मुहानै पुरेर पर्खाल लाएको भन्दै स्थानीय किसानहरु आक्रोशित हुँदै धनुस्ना खोला संरक्षण समिति गठन गरि आन्दोलित भएका थिए। दुहबीमा धेरै ठाउँ–ठाउँमा खोला नाला कुलो अतिक्रमण गरेर भौतिक संरचना खडा गर्दा बर्षायाममा बस्ती डुबान हुने गरेको पाइएको छ।
धनुस्ना खोला संरक्षण समितिका संयोजक भागवतलाल चौधरीका अनुसार परा पुर्वकाल देखि सो खोलाबाट बगेको पानीले सयौं बिगाह जग्गामा बालीनाली उब्जनि गर्न सिंचाइको काम गर्दा किसानहरु हर्सित देखिए पनि अहिले आएर किसानहरु चिन्तित भएको दुखेसो पोखे। सो खोलाको छेउमा रहेको कृषि बाटोमा समेत क्षति पुर्याइ खोला मिचेर उद्योगले सांध सधियार लाई नसोधि आफू खुशी नव निर्मत पर्खाल खडा गरेपछि आफुहरु आन्दोलित हुँनु परेको भागवतलाल चौधरीले बताए।
उद्योगले खोलाको मुहानै मिचेर पर्खाल बनाउने कार्य र कृषि बाटोमा समेत क्षति पुगेपछि कृषि योग्य सयौं बिगाहा जग्गाको उब्जनमिा असर पर्ने भन्दै स्थानिय किसानहरु भागवतलाल चौधरी,रामकुमार चौधरी,जोगलाल माझि,देवकुमार माझि,साझिलाल माझि,सस्तीचरण चौधरी लगायतले सम्बन्धित दुहबी वडा नमबर २ र १० मा निवेदन समेत दिएका छन। उद्योगले खोलाको मुहानै मिचेर पर्खाल बनाउने कार्य र कृषि बाटोमा समेत क्षति पुगेपछि कृषि योग्य सयौं बिगाहा जग्गाको उब्जनमिा असर पर्ने भन्दै स्थानिय किसानहरु आक्रोशित भएका हुन।
सो बिषयमा दुहबी वडा नम्बर २ र १० का वडाध्यक्षहरु, प्रहरी लगायत सरोकारवालालाइ ध्यानाकर्षण समेत गराइएको चौधरीले बताए। दुहबी वडा नम्बर २ मा सो उद्योग निर्माण भइरहेको भएपनि खोलाको मुहान सांघुरो हुँदा खोलामा बाढी आउँदा सो क्षेत्र डुबानमा परेको छ। सो विषयमा दुहबी वडा नम्बर २ का वडाअध्यक्ष अरबिन्द बिश्वाससंग बुझ्दा सो नव निर्मित उद्योगका संचालक अनिल सारडालाइ खोलामा पर्खाल लगाउन वडाबाट आफुले कुनै सिफारिस न दिएको बताए।