अजमल अन्सारी
असार १, इनरुवा। सस्शत्र प्रहरी बल नेपाल बोर्डर आउट पाेष्ट उल्टी भोक्राहाले भोक्राहाको सिमा नाका सोनयाहीबाट भन्सार छली गरेर नेपालतर्फ ल्याउँदै गरेको ठूलो परिमाणमा अवैध कपडा बरामद गरेको छ।
भोक्राहाको सस्शत्र प्रहरी नायब निरीक्षक टंक बहादुर सोरालीको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले भोक्राहा नरसिंह-८ सोनयाहीमा चेक जाँच गर्ने क्रममा भारत बाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा उक्त कपडा समातिएको सोरालीले बताउनुभयो ।
बरामद साम्रगीमा साडी, कूर्ता,थानका कपडा लगायतका सामाग्रीहरु रहेको सस्शत्र प्रहरी भोक्राहाले जनाएको छ । २३ हजार ४० रुपैयाँ बराबरको बरामद सामान आवश्यक कार्वाहीको लागि कोशी ब्यारेज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पाेष्ट उल्टी भोक्राहाका सशस्त्र प्रहरी निरीक्षक महेश बिक्रम केसीले बताउनुभयो।