दुहबी/ दुहबी नगरपालिका वडा नम्वर ६ र बुढीगंगा गाउँपालिका वडा नम्बर ५ को सिमानामा पर्ने बुढीखोलामा माटो प्रसोधनको नाममा बुढी खोला दोहन हुँदा दुहबी वडा नम्बर ६ को बस्ती र खोलाको किनारमा रहेको नम्बरी जग्गाहरु उच्च जोखिममा परेको छ।
बुढीखोलाको धारनै परिवर्तन हुँनेगरि अबैध उत्खनन गर्दा आफ्नो वडाको बस्तिनै उच्च जोखिममा परेपछी प्रहरीलाई समेत फोन सम्पर्क गर्दा वास्ता न गरेको दुहबी वडा नम्बर ६ का वडाअध्यक्ष मुन्ना हलुवाइले गुनासो गरेका छन्। बस्ती छेवमा रहेको बुढीखोलामा डोजर लगाएर खोला उत्खनन हुँनेगरि अवैधरुपमा गहिरो भंगालो बनाउँदा समेत कसैले वास्ता नगरेको उनले बताए। बर्सायाममा बुढीखोलामा बाढी आउँदा दुहबी ६ को काली मन्दीर छेउको टोल उच्च जोखिममा पर्दा समेत बुढीखोलामा गहिरो भंगालो बनाइ नदि उत्खनन गर्ने गरेको र सयौंको संख्यामा ट्रयाक्टर र टिपरबाट माटो लाने गरेको स्थानीयहरुको गुनासो छ।
खोला भित्र र खोलाको किनारमा कारोवारीहरुले डोजर लगाएर गहिरो भंगालो बनाइ उत्खनन गर्दा समेत कसैले रोक्ने प्रयास न गरेको स्थानीयहरु बताउँछन्। प्रारिम्भक वातावरणीय परिक्षण प्रतिवेदन विपरित पुरै वस्ती र नदि छेवछावका नम्बरी जग्गालाइ जेखिम पार्ने हिसाँवले खोलाको प्राकृतिक बहावको छेवछावमा अवैधरुपमा उत्खनन भइरहेको देखिएको छ।
स्थानिय तहले खोलाको प्राकृतिक बहावको दायाँ र बायाँ तिनसय मिटर ऐलानी र नम्बरी जग्गाको माटो उत्खनन गर्न न पाइने ब्यवस्था छ। २ महिना अगाडी सो ठाउँमा यसैगरि अबैध उत्खनन भएको गुनासो आउँदा विभिन्न संचार माध्यममा समाचार आएपछी रोकिएको उत्खनन ३-४ दिन देखि फेरि सुरु भएको वडाअध्यक्ष मुन्ना हलुवाइले बताए।