अजमल अन्सारी
जेष्ठ२५,इनरुवा। सुनसरीमा सशस्त्र प्रहरीले ठुलाे परिणाममा अबैध गाँजा बरामद गरेकाे छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा न- ८ सोनयाही सिशुवा स्थित दशगजा नम्बर १९५/२ को क्षेत्रमा मकै बारीमा लुकाएर राखिएको अवस्थामा पाँच वटा बोरामा १०२ किलाे गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल उल्टी भोक्राहाको सशस्त्र प्रहरी निरीक्षक महेश बिक्रम केसीले बताउनुभयो।
सशस्त्र प्रहरी बल बिओपी उल्टी भोक्राहाबाट इन्स्पेक्टर महेश बिक्रम केसीको नेतृत्वमा खटिएको सात जनाको प्रहरी टोलीले विषेश सुराकीका आधारमा मंगलबार बिहान सो परिमाणको गाँजा बरामद गरेको हो । सुनसरीको सिशुवा भोक्राहाबाट भारततर्फ तस्करी गराउने उद्देश्यले राखिएको गाजा बरामद गरेको इन्स्पेक्टर केसीले जानकारी दिएका छन् ।
उहाका अनुसार निजी जग्गामा राखिएको मकैमा लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको हो । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान कार्यको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट राजन कार्कीको नेतृत्वमा खटिएको नेपाल प्रहरीको टाेलीलाई बुझाइएको जानकारि दिनुभयो ।
तस्करी गर्ने उद्देश्यले राखिएको गाँजा सशस्त्र प्रहरीले बरामद गरे पनि तस्कर पक्राउ पर्न नसकेको, यस अघिपनि भारत बाट अवैध रूपमा राजस्व छलेर ल्याएको चालीस हजार बराबरको विभिन्न सामाग्रीहरु नियन्त्रण गरि भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाएको थियो ।
सो सिमानाकाबाट विगत लामो समय देखि गाँजा तस्करी भईरहेको स्थानीयवासीहरुले गुनासो गरेका थिए । सशस्त्र प्रहरी निरीक्षक केसीले गुनासो आएपछि सो क्षेत्रमा कडाई गर्नुको साथै तस्करी नियन्त्रणमा लागेकोले आज ठूलो परिमाणको गाँजा बरामद गरेको बताए ।
पछिल्लोपटक सुनसरीको विभिन्न सिमावर्ती नाकाका साथै जिल्लाकाे ग्रामीण भेगहरुमा समेत अवैध गाँजा, प्रतिबन्धित लागुपदार्थ सहित तस्करीका विभिन्न सामाग्रीहरु प्रकाउ गर्दै आएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।