दुहबी/ सुनसरीको दुहबी नगरपालिकाले आफ्ना नगर का कृषक लाई कुटि काट्ने आधुनिक मेशिन बितरण गरेको छ। १२ ओटै वडाका पशुपालन कृशकको लागि रु ४ लाख ५० हजार मूल्य बराबर को १० जना उत्कृस्ट कृषक छनौट गरि उक्त मेशिन बितरण गरिएको थियो।
नगर प्रमुख बेद गच्छदार ले आज कृषि थोक केन्द्र को प्राङण मा विभिन्न वडा का १० कृषक लाई उक्त मेसिन हस्तान्तरण गरेका थिए। कृषि क्षेत्रमा आम नागरिकको सबल पहुच नभए सम्म शृजनात्मक उन्नत सहरी क्षेत्र साथै समृद्ध पालिका सम्भाव हुन आक्दैन भन्दै गच्छदार ले कृषी प्रवर्द्धन का लागि न्यून आय आम्दानी भएका वा नभएका सबै खाले कृसकलाइ समेटेर यस्ता कार्यक्रम अगाडि सारेको बताए।
गच्छदारले नगर का कृसकलाइ, उन्नत जात को धानको बीउ, उन्नत जातको बोयर बोका, बाख्रा, बङ्गुर लगायत कृषि जन्य सामन बितरण गर्दै आएका थिए। केही दिन अगाडि गच्छदार ले विभिन्न ओडामा बङ्गुर १०५ थान बितरण गरेका थिए भने अब केही दिन पछाडी ५० कृशकलाइ बाख्रा बितरण गरिने बताए।
कुटि काट्ने मेशिन प्रतिगोटा ४५ हजार पर्नेर सबैको पहुच नपुग्ने भएका ले कृषक छनौट गरि पहिलो चरणमा १० मेशिन बाडेको गच्छदार ले बताए। मेशिन पाउने हरुमा दुहबी १२ नम्बर वडाका अशोक कुमार मेहत,बिजय कुमार मेहता,गङ्गाराम यादव रहेका छन यसै गरि राजोदेबी यादब र अन्नु यादव रहेका छन भने दुहबी ४ कि बिस्णुमाया कार्की ,दुहबी ९ का तोहिद मिया,दुहबी २ का सतिरामबिस्वास,दुहबी ७ कि गिताकुमारि थरुनि, पुनम कुमारि चौधरी रहे कि छिन।