दुहबी/ सुनसरीको दुहबीमा आज २९ जना सहित जम्मा २ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ। दुहबीमा आज सम्म ४१ जना संक्रमण मुक्त भएका छन्। प्रदेश १ मा आज ७४९ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा आज ७९१ जना संक्रमणमुक्त भएका छन् । आज मोरङमा २३२, झापामा २०७, सुनसरीमा १६४, धनकुटामा ३८, उदयपुरमा ३४, संखुवासभामा २५, इलाममा १३, पाँचथरमा ८, ताप्लेजुङमा ३ र प्रदेश १ बाहिरका २५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको दुहबीमा २९, इटहरीमा ६४, धरानमा ४६, इनरुवामा ११, बराहक्षेत्रमा ५, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा २–२, रामधुनी, देवानगञ्ज, हरिनगर, गढी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ८४ महिला र ८० पुरुष सहित १६४, सुन्दरहरैचामा २४, पथरीशनिश्चरेमा ११, उर्लाबारीमा ८, बुढीगंगामा ६, कटहरी र बेलबारीमा ५–५, ग्रामथानमा ३, मिक्लाजुङ, लेटाङ, धनपालथान र रतुवामाईमा १–१ र स्थानीय तह नखुलेका २ थपिए।
प्रदेश १ मा कोरोना सक्रिय संक्रमितको संख्या २० हजार २९८ पुगेको छ ।