• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

सुनसरी–मोरङ औद्योगिक करिडोरका ठुला उद्योगको उत्पादनमा ६० प्रतिशत कटौती

उद्योग प्रतिष्ठानमा महामारीको प्रभाव, साना तथा मझौला एक सयभन्दा बढी उद्योग बन्द, १५ हजार बढी मजदुर कर्मचारी बेरोजगार

काेचिला खबर by काेचिला खबर
05/26/2021
in FEATURE, समाज, स्थानीय
63
SHARES
288
VIEWS
Share on FacebookShare on Twitter

दुहबी/कोरोनाको दोश्रो लहरसँगै सरकारले जारी गरेको निषेधाज्ञाका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका ठुला उद्योगले आफ्नो उत्पादनमा ६० प्रतिशत कटौती गरेका छन् । ती उद्योगले पछिल्लो समय क्षमताको ४० प्रतिशतमात्र उत्पादन गरिरहेका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा लम्बिँदै जाँदा औद्योगिक करिडोर विराटनगर,दुहबी र खनारमा सञ्चालित सिमेन्ट,स्टिल,वायर्स लगायतका उद्योग बन्द गर्ने मनिस्थितिमा सम्बन्धित उद्योगी पुगेका छन् ।

निषेधाज्ञा लम्बिदै जाँदा खाध्यान्न,स्वास्थ्य सामग्री उत्पादन गर्ने बाहेकका एक सयभन्दा बढी साना तथा मझौला उद्योग बन्द भईसकेको उद्योगीहरुको भनाइ छ ।

निषेधाज्ञाका कारण धेरै उद्योग आंशिक रुपमा सञ्चालन भएका छन् भने ती उद्योगमा पनि दुई तिहाइको संख्यामा मजदुर कर्मचारी कटौती भएका छन् । पूर्ण रुपमा बन्द भएका उद्योगमा आवद्ध गरी करिब १५ हजार बढी मजदुर कर्मचारीले निषेधाज्ञाको अवधिमा रोजगारी गुमाएका छन् ।

अहिले विशेषगरी सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा खाद्यान्न,स्वास्थ्य सामग्री लगायत अत्यावश्यक वस्तु तथा सेवाका उद्योगमात्र सञ्चालनमा छन् । ती उद्योग पनि उत्पादित मालवस्तु बजारमा पु¥याउन समस्या झेल्दै आएका छन् ।

औद्योगिक क्षेत्रमा रहेका करिब साढे ५ सय उद्योगमध्ये झण्डै १ सय उद्योगले अति आवश्यक मालवस्तु उत्पादन गर्दै आएका छन् । तर,उत्पादित वस्तुको सप्लाइमा समस्या,कच्चा पदार्थ अभावजस्ता समस्याले ती उद्योग पनि धेरैदिन सञ्चालन हुन नसक्ने उद्योगीहरुको भनाइ छ ।

एसियन थाइफुड प्रालिका प्रवन्धनिर्देशक महेश जाजुले धेरै प्रोडक्टहरु योबीचमा बन्द गरिएको र सानो इकाईमा मात्र उद्योग सञ्चालनमा रहेको बताए ।

उनले खाध्यान्न अन्तर्गत चाउचाउ,बिस्कुट लगायतका मालवस्तु उत्पादन गर्ने उद्योगले पनि ६० प्रतिशत उत्पादन कटौती गरेको बताए ।

एसियन थाइफुड अन्तर्गत छुट्टाछुट्टै प्लान्टबाट चाउचाउ,बिस्कुट,साबुन जुस लगायतका मालवस्तु उत्पादन हुँदै आएकोमा साबुन र जुसको उत्पादन पूर्ण रुपमा बन्द गरिएको भए पनि चाउचाउ,बिस्कुटको उत्पादनमा भने सानो संख्यामा मजदुर कर्मचारी परिचालन गरी प्लान्ट सञ्चालन भईरहेको उनले बताए ।

प्रवन्धनिर्देशक जाजुले बिस्कुटको माग पनि बजारमा कमी आएपछि एक सातासम्म उत्पादन बन्द गरिएकोमा फेरि मंगलबारदेखि उत्पादन सुरु गरिएको जानकारी दिए ।

जाजुका अनुसार एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालि,हिमगिरी सप एण्ड केमिकल प्रालि,गुड लाइफ वेभरेज प्रालि लगायतका उद्योगमा ठुलो संख्यामा मजदुर कटौती गर्नुपरेको छ । ती प्लान्टमा १५ सय मजदुर कर्मचारी रहेकोमा हाल पाँच सय मजदुर कर्मचारीमात्र कार्यरत रहेको उनको भनाइ छ ।

औद्योगिक करिडोरभित्रका सबैभन्दा बढी मजदुर कार्यरत अरिहन्त मल्टिफाइवर्स र रघुपति जुट मिलले पनि ३० प्रतिशत मात्र मालबस्तु उत्पादन गर्दै आएको बताइएको छ ।

सञ्चालक राजकुमार गोल्छाले बजारमा माग नरहेकाले तीन सिफ्ट चलिरहेका दुुवै उद्योगको उत्पादन कटौती गरी दुई सिफ्टमा झार्नु परेको बताए । पूर्ण रुपमा एक सिफ्ट उद्योगको प्लान्ट बन्द हुँदा ३० प्रतिशत मजदुर कर्मचारी बेरोजगार बनेको उनको भनाइ छ ।

‘हाम्रा सम्पूर्ण उत्पादन भारत निर्यात हुने गर्छ,’ गोल्छाले भने, ‘भारत पनि यतिखेर महामारीको चपेटामा छ । यस्तो अवस्थामा उत्पादन कटौतीको विकल्प छैन ।’

गोल्छाका अनुसार उद्योगले उत्पादन गर्ने सनपाटको मालवस्तु ९५ प्रतिशत भारतको बजार खपत हुँदै आएको छ । अरिहन्त मल्टिफाइवर्समा ४ हजार ५ सय मजदुर र रघुपति जुटमिलमा २ हजार ५ सय मजदुर कार्यरत रहेकोमा कोभिड १९ दोश्रो लहर सुरु भएयता दुवै उद्योगमा गरी ३० प्रतिशत अर्थात् दुई हजार एक सयले रोजगारी गुमाइसकेका छन् ।

इटहरीको खनारमा रहेको रिलायन्स स्पेनिङ मिल्सले आफ्नो उत्पादनमा ३० प्रतिशत कटौती गरेको छ । रिलायन्सका प्रशासन प्रमुख महेश पोखरेलका अनुसार स्थायी मजदुरलाई उद्योगले कामको दिन घटाएर आलोपालो काम दिइरहेको छ । सो उद्योगमा चार हजार मजदुर कार्यरत छन् ।
सञ्चालनमा रहेका उद्योगमा स्वास्थ्य प्रोटोकललाई कडाईका साथ लागू गरिएको पोखरेलले बताए ।

उद्योगी एव शारडा ग्रुपका निर्देशक पवन शारडाले पनि कोरोना महामारी सुरु भएसँगै त्यसको प्रत्यक्ष असर उद्योग व्यवसायमा परेको बताए ।

सरकारले जारी गरेको निषेधाज्ञासँगै मानिसहरु घरभित्र रहेका र बजार पनि निश्चित समयका लागि मात्र खुलेकाले उद्योगबाट उत्पादित मालवस्तुको खपत ह्वातै घटेको उनको भनाइ छ । परिणामस्वरुप उद्योगमा मजदुर कर्मचारी कटौती गरी उत्पादन पनि ३० प्रतिशतमा झारेको उनले बताए ।

अब एक सातासम्म यही अवस्था रहे उद्योगहरु पूर्ण रुपमा बन्द गर्ने मनस्थितिमा आफूहरु पुगेको उनले जानकारी दिए । ‘मालबस्तुको माग बजारमा करिब–करिब शून्यमा झरेको अवस्था छ,’ शारडाले भने, ‘अहिले उद्योग चलाएर मजदुर कर्मचारीलाई तलब दिन पनि समस्या छ । यस्तो अवस्थामा उद्योग चलाएर थप आर्थिक भार सहन गर्न सकिँदैन ।’

विशेषगरी निर्माण सामग्री र वायर उत्पादन गर्दै आएको उनका उद्योगमा कुल ३ हजारभन्दा बढी मजदुर कर्मचारी कार्यरत थिए । अहिले उत्पादन कटौतीसँगै मजदुर कर्मचारीको संख्यासमेत घटाएर १२ सय जनामा झारिएको उनले बताए।
नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले कोरोना महामारीका कारण तीन सातादेखि गरिएको निषेधाज्ञाको कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका ४० प्रतिशत उद्योग बन्द भएको बताए । चलेका ६० प्रतिशत उद्योगको उत्पादन पनि ४० प्रतिशतमा खुम्चिएको उनको भनाइ छ ।

उनले यस्तो समयमा उद्योग सञ्चालन गर्दा कच्चा पदार्थको जोहोसँगै उत्पादित सामानलाई कसरी बजारमा पु-याउने भन्ने चुनौती सामना गर्नुपरिरहेको बताए ।

‘महामारीको यो अवस्थामा आंशिक रुपमा उद्योग खोलेर उद्योगीले धेरै आर्थिक भार व्यहोर्ने काम भइरहेको छ,’ अध्यक्ष घिमिरेले भने, ‘जेनतेन सञ्चालनमा रहेका उद्योग पनि सेवा क्षेत्रभित्रका (स्थानीय) मजदुरलाई परिचालन गरेर जसोतसो चलेका छन् ।’

मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगले जुट,चाउचाउ,बिस्कुट,तेल,मैदा,रिफाइनरी तेल,छाला,जुत्ता,चप्पल,धागो,साबुन,वायर,रड,स्टिल,कर्कट पाता,प्लाष्टिकका सामान,सिमेन्ट,दाना,जीआई पाइप,चामललगायत वस्तु उत्पादन गर्दै आएका छन् ।

सामान्य अवस्थामा करिडोरका उद्योगले दैनिक ५० करोडको सामग्री उत्पादन गर्दै आएका थिए । यसबाट दैनिक १५ करोड भन्सार र मासिक ३५ करोड अन्तःशुल्क,११ करोड मूल्य अभिवृद्धि कर र २७ करोड आयकर पनि प्रभावित भएको
छ । यस क्षेत्रका उद्योगमा सामान्य अवस्थामा ४५ हजारभन्दा बढी मजदुर कर्मचारीले रोजगारी पाएका थिए ।
रातोपाटी

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

विद्यालय सहयोगी नियुक्तिको परीक्षा रद्द गर्न माग । परीक्षा मर्यादित भयो रद्द हुदैन दुहबी शिक्षा शाखा ।

विद्यालय सहयोगी नियुक्तिको परीक्षा रद्द गर्न माग । परीक्षा मर्यादित भयो रद्द हुदैन दुहबी शिक्षा शाखा ।

07/06/2025
दुहबीमा प्रशासनको आदेश उल्लंघन, प्रशासनले कानुन बमोजिम कार्वाही गर्ने 

दुहबीमा प्रशासनको आदेश उल्लंघन, प्रशासनले कानुन बमोजिम कार्वाही गर्ने 

07/05/2025
दुहबीमा मेलमिलापकर्ता र कर्मचारी लाई कानुनी सचेतना ,सम्बन्धी ४ दिने तालिम सम्पन्न ।

दुहबीमा मेलमिलापकर्ता र कर्मचारी लाई कानुनी सचेतना ,सम्बन्धी ४ दिने तालिम सम्पन्न ।

06/29/2025
सुनसरीको गढिमा स्कुल बसले किचेर ३ वर्षीय नाबालकको मृत्यु ।

सुनसरीको गढिमा स्कुल बसले किचेर ३ वर्षीय नाबालकको मृत्यु ।

07/02/2025
अष्ट्रेलियामा रियल स्टेट क्षेत्रमा नेपालीहरुको उत्कृस्ट छलाङ्ग ; एस. बि. ए. ग्रुपले क्लाइन्टको मन जित्दै

अष्ट्रेलियामा रियल स्टेट क्षेत्रमा नेपालीहरुको उत्कृस्ट छलाङ्ग ; एस. बि. ए. ग्रुपले क्लाइन्टको मन जित्दै

05/25/2025
दुहबी खानेपानी बाट जारी भएको सार्वजनिक सुचना

दुहबी खानेपानी बाट जारी भएको सार्वजनिक सुचना

05/22/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist