दुहबी/ सुनसरिको दुहबी नगरपालिका वडा नम्बर ८ मा रहेको एसियन थाइ फुड्स (रमपम) उद्योगले दुहबी प्रेस क्लबलाई स्वास्थ सामाग्री हस्तान्तरण गरेको छ।
करिब ५ हजार मुल्य बराबरको स्वास्थ सामाग्रीहरु आज दुहबी प्रेस क्लबका अध्यक्ष प्रेमप्रसाद गिरि र क्लब का बरिस्ठ उपाध्यक्ष अकबर अलिलाई रमपम उद्योगका प्रशासन प्रमुख प्रकाश श्रेष्ठले हस्तान्तरण गरेका थिए।
दुहबी प्रेश क्लबका महासचिब अर्जुन खड्काले दुहबी नगरपालिकाको संचारगृह र दुहबी,गढीका सक्रियरूपमा इमानदारीले काम गर्ने पत्रकारहरुलाई स्वास्थ्य सामाग्री संचारगृह र घर-घरमा गएर वितरण गरिएको जनाए।
राज्यको चौथो अंग पत्रकारहरुले बढ्दो कोरोना माहामारीकाबीच पनि आफ्नो ज्यान जोखिममा राखेर स्थानीयबासिको सूचनाको हक साथै नगरका सबै गतिविधिहरु सम्प्रेषण गरेको भन्दै प्रशंसा स्वरुप स्वाथ्य सामाग्री हस्तान्तरण गरेको प्रशासन प्रमुख श्रेष्ठले बताए। रमपम उद्योगले दुहबी प्रेस क्लबलाई सेनिटाइजर,मास्क र ग्लोब्स उपलब्ध गराएको थियो।