दुहबी/ सुनसरीको दुहबी नगरपालिकालाई आज ५ लाख बराबरको ४९ प्रकारको स्वास्थ्य सामाग्री शारडा ग्रुपले सहयोग गरेको छ।
दुहबी ८ स्थित रमपम उद्योगको पुर्ब पट्टि रहेको आइसोलेसन सेन्टरमा कोभिड १९ संक्रमितहरुको उपचारकालागि शारडा ग्रुपले दुहबी नगर प्रमुख बेदनारायण गच्छदारलाई अक्सिजन सिलिन्डर,औषधि तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो।
सुनसरीको दुहबी नगरपालिकाले संचालनमा ल्याएको कोभिड सन्क्रमितको उपचारकोलागि आइसोलेसन सेन्टरलाई आबस्यकिय औषधि साथै अक्सिजन सिलिन्डरहरु अनुदान स्वरुप शारडा ग्रुपले आज नगर प्रमुख बेदनारायण गच्छदारलाई हस्तान्तरण गरेको हो।
करिब ४९ वटा फरक फरक किसिमका रु ५ लाख मूल्य भन्दा अधिक पर्ने औसधि तथा स्वास्थ सामाग्री हरु हस्तान्तरण गरेको हो। शारडा ग्रुपले दुहबीमा कोरोना सन्क्रमित भइ आइसोलेशनमा भर्ना भएर उपचार गर्ने बिरामी हरुलाइ उपचार अवधी सम्म निशुल्क खानाको समेत ब्यावस्था गर्ने बताइएको छ। युवा उद्यमि पवन सारडाले पहिलो चरण स्वरुप रु ५ लाख मूल्य बराबरको औसधि तथा स्वास्थ सामाग्री हरु हस्तान्तरण गरेपनी आगामी दिनमा आवस्यकिय सामाग्री हरु अझै थप गर्दै लैजाने जनाइएको छ।
नगरप्रमुख बेदनारायण गच्छदार संग आफ्नो पुरानो सम्बन्ध रहेको हुदा उहाँ अहिले नगरप्रमुख भएर यस क्षेत्रको नागरिकको दुख सुखको सारथि बन्दैगर्दा अप्ठ्यारो स्थितीको समेत सामना गर्नु परेकोले गच्छदारकै आग्रहमा सहयोग स्वरुप स्वास्थ्य सामाग्री हरु हस्तान्तरण गरेको युवा उद्यमि पवन सारडाले बताए। सारडाले कोभिड मात्रै हैन नगर अस्पताललाई समेत आगामिदिनमा आफुले सकेको साथ र सहयोग गर्ने वचन दिदै नगर प्रमुख गच्छदार लाई आफ्नो कर्तब्य बाट पछि नहटि निरन्तर जनताको सवामा लाग्न आग्रह समेत गरे।
स्वास्थ्य सामाग्री बुझ्दै नगर प्रमुख गच्छदारले यस्तो माहामारिको बेला हामी र हाम्रा नगरबासिको स्वास्थ माथी चिन्ता गर्दै आफ्ना सहयोगी हातहरु हामी सम्म फैलाइ सहयोग गरिदिएको मा युवा उद्यमि पवन सारडालाइ आफू र सिङ्गो नगरबासिको तर्फबाट हार्दिक धन्यवाद समेत दिए।