दुहबी/ सुनसरीको दुहबी नगरपालिका अन्तर्गत बजार क्षेत्रमा सन्चालनमा आएका होलसेल तथा खुद्रा ब्यापारीहरुले कोभिड संक्रमण बढ्दै गएको मौका छोपी निषेधाज्ञाको अवज्ञा गर्दै चलन चल्तिको भाउ भन्दा दैनिक उपभोग्य सामनाको अत्याधिक भाउ बढाइ कालोबजारी गरेको स्थानियको गुनासो आएको हुदा नगरपालिकाको अनुगमन समिति लाई तत्काल बजार तथा थोक ब्यापारिहरुको पसलमा गै अनुगमन गर्न मेयर गच्छदार ले ठाडो निर्देशन दिएका छन।
कोभिड संक्रमण बढी स्थानिय जनजिबन आक्रान्त बनी रहेको बेला मानबिय समबेदना समेत नहरहने गरि निषेधाज्ञा लाई अवसर मानेर सामनाको कृत्रिम अभाव शृजना गर्दै ब्यापारिहरुले कालोबजारी गरेको स्थानिय जनगुनासो बढेको ,आम उपभोक्ता दोहोरो मारमा परेको भन्दै गच्छदारले यस्तो सन्कटको बेला सबैले मिलेर सहयोग गर्नु पर्नेमा उल्टै यस्तो गर्नु वान्छनिय नरहेको बताए।
नगरपालिकामा अनुगमन समिती भएपनि जनताको गुनासोलाइ सम्बोधन नगरेको,पटकपटक उपमेयर लाई फोन गर्दा समेत फोन नउठाएको भन्दै स्थानिय पत्रकारहरुको समुहले मेयर गच्छदार लाई भेटी ध्यानाकर्षण गराएका थिए। सोही क्रममा गच्छदारले अनुगमन समितिकि संयोजक उपमेयर सुनिता दाहाल साहलाइ तत्काल नागरिकको गुनासो सम्बोधन गर्न बजार अनुगमन गर्न साथै कालाबजारी गरेको भेटियमा कार्वाही को दायरामा उभ्याउन आदेश दिई सकेको बताए।
अहिल कुनै उद्योग कलकारखाना बन्द नभएपनी ब्यापारीहरुले सामान अभाव शृजना गरि आम उपभोक्ताको बाच्न पाउनुपर्ने अधिकार माथी कुन्ठित भएको भन्दै पत्रकार हरुले अनुगमन समितिको लापरबाही भएको बताएका थिए।
पत्रकार हरु आग कुरा गर्दै मेयर गच्छदारले यस्तो विश्व माहामारिको चपेटामा पिसिएको बेला सबैले आ आफ्नो ठाउँ बाट अनुशासित बनेर साथ सहयोग गर्नु पर्ने,खाद्यान्न लगायत सहज आपूर्ति हुन पर्ने,सहि मुल्यमा उपभोक्ताले सामान पाउनु पर्ने बताए। यस्को लागि बजार अनुगमन गरि खाद्यान्न तथा औसधि हरुमाथी कडा निगरानी राख्न निर्देशन दिइसकेको साथै तत्काल काम हुने मा ढुक्क रहन आग्रह गरे।
गच्छदारले फरक प्रसङ्गमा कुरा गर्दै दुहबी ८ मा कोभिड अस्पताल ४५ बेडको सन्चालन पुर्ण तयारी अबस्थामा रहेको र सोही नजिक नगर अस्पतालमा भिडियो एक्स रे मेसिन खरिद गरिसकेको साथै इसिजी ,स्वचालित अक्सिजन मेसिन खरिद प्रक्रियामा रहेको २/४ दिन भित्रैमा अन्य उपकरण समेत आइसक्ने बताए। साथै उक्त नगर अस्पताल आगामी जेष्ठ को १ गते उद्घाटन गर्नका लागि सबै सम्यन्त्र लाई बाकी काम तत्काल सम्पन्न गर्न ताकेता गरेको मेयर गच्छदारले बताए।