दुहबी/सुनसरीको दुहबी ८ स्थित बस्ती जाने बाटोको दुर्दशा हुँदा समेत सरोकारवालाले ध्यान न दिंदा स्थानीयवासी मार्कामा परेको भन्दै आक्रोशित भएका
छन् । बस्ती पस्ने मुख्य बाटोको एस्तो दुर्दशा हुँदा समेत कसैले ध्यान न दिएको र पानी जमेको अवस्थामा सो ठाउँमा रहेको बिद्युतको पोल समेत ढल्ने देखिएकोले स्थानीयवासी थप आक्रोशित भएका हुन।
बस्तीमा आगलागि हुँदा दमकल काहाबाट जाने ? कोइ बिरामी हुँदा एम्बुलेन्स काहाबाट जाने भन्दै एक स्थानीयले दुहबी ८ का कार्यबाहक वडाअध्यक्ष बिनय दाहालसंग प्रश्न गर्दा समेत वास्ता न गरेको गुनासो गरे। सो विषयमा दुहबी ८ का कार्यबाहक वडाअध्यक्ष बिनय दाहालसंग बुझ्दा आफुले बिद्युत प्राधिकरणसंग पहल गरि सकेकोले संभवत आजै वा भोलि काम हुने जानकारी दिएका छन्। दाहालका अनुसार सडक बिभागले नाला ड्रेन बनाउने क्रममा बाटो भत्काएकोले बिच बाटोमा बिद्युतको पोल परेकोले समस्या आएको बताए।