दुहबी/ईलाका प्रहरी कार्यालय दुहबीमा जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलन गरि डाका मुद्दाका ५ जनालाइ सार्वजनिक गरेको छ।
पक्राउ पर्ने मध्ये सुनसरीको बर्जु गा.पा.वडा नं.१ बस्ने बर्ष ३६ की सृजना चौधरी घट्नाको मुख्य योजनाकार रहेको बताइएको छ।
सुनसरीको बर्जु गा.पा.वडा नं.१ वस्ने शुभाष चौधरीको घरमा गत फागुन ६ गते रातको साढे १२ वजे हतियारधारी डाकाको समुह आई सुभाष चौधरी लगायत घर परिवारलाई कुटपिट गरी घरमा भएको नगद रु ५४ हजार समेत लुटेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा सुनसरीको ईटहरी उ.म.न.पा. खनार वस्ने बर्ष ३२ को नमाजुद्दिन आलम, दुहवी न.पा.छातावेली टोल बस्ने बर्ष २८ को मर्तुजा मियाँ, मोरङको बुढीगंगा वस्ने बर्ष ३० को अजिम मिया, बर्जुका सृजना चौधरी र दुहबी ११ का सर्वन उरावलाइ पक्राउगरि प्रहरीले आज सार्वजनिक गरेको हो। १ जना फरार रहेको प्रहरीले जनाएको छ। घट्ना सम्वन्धमा प्रहरीले उनिहरुलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा सृजना चौधरीले सुभाष चौधरीको भतिज आफ्नो श्रीमान वैदेशिक रोजगारमा रहेको र आफ्नो घरमा मिति २०७७।०२।२३ गते रातको समयमा गाँउका मानिसहरु प्रवेश गरी घर तथा उनको स्कुटर समेत तोडफोड गरेको बिषयमा ईलाका प्रहरी कार्यालय दुहवीमा सृजना चौधरीले मुद्दा दर्ता गराएको बताइन। सो घट्ना आफ्नै काका ससुरा सुवाष चौधरीले गराएको भन्ने शंका गरी, श्रीमानको हकमा परेको पैत्रिक अंश समेत वेचविखन गरी तीस लाख आफैले घरमै राखेको भनि रिषिवी साध्ने सोच योजना बनाई अन्य प्रतिवादीहरुलाई घरमा वोलाई सृजना चौधरीले डाका गर्ने योजना वनाएको जनाइएको छ। श्रृजना चौधरीले आफ्ना भाई प्रमेश चौधरीलाई झुम्का कारागारमा भेट्न क्रममा अन्य प्रतिवादीहरुसंग चिनजान भएको जनाइएको छ।
प्रतिवादीहरु कारागार मुक्त भई आए पश्चात हाम्रो भागमा परेको अंशको तिस लाख मेरा पर्ने काका ससुराले घरमा राखेका छन् डाका गरी बाड्नु पर्छ भनि योजना वनाए पछी प्रतिवादी नजामुदिन मिया लगायत अर्का एक जना भारत विरपुर गई भारु २० हजारमा पेस्तोल र एक थान गोली समेत खरिद गरी ल्याएको, सर्वन उराव र सृजना चौधरीले अजिम मिया, नजामुद्दिन मिया र अर्का एक जना समेतलाई मोरङको नेमुवा चौकी भन्दा पश्चिममा रहेको म्याजिक चप्पल उद्योग नजिक वोलाई आज हामी विवाहमा जान्छौ तिमीहरुले सुभाष चौधरीको घरमा डाका गर्नु भनि निर्देशन दिई सुभाष चौधरीको घरमा प्रवेश गर्ने बाटो समेत देखाईदिए पश्चात माथी उल्लेखित प्रतिवादीहरु मिली उक्त दिन समयमा सुभाष चौधरीको घरमा गई घट्ना घटाएको प्रहरीले जनाएको छ।
घट्नाको जानकारी पाउन साथ तदारुक्ताका साथ ईलाका प्रहरी कार्यालय दुहवी, जिल्ला प्रहरी कार्यालय सुनसरी र १ नं.प्रदेश प्रहरी कार्यालय क्षेत्रीय अनुसन्धान समुह लागी परेको थियो। घटनास्थलमा मिस फायर भएको एक राउण्ड गोली समेत बरामद भएको बताइएको छ।
५ जनालाई सुनसरी जिल्ला अदालतबाट १० दिन म्यादथप गरी अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।