दुहबी/ सुनसरीको गढि २ अौराबनि स्थित ज्वाला खोलामा शंकास्पद अवस्थामा बुधबार बिहान एक पुरुषको सव फेला परेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
प्रहरीका अनुसार गढि ३ छिटाहा घर भएका बर्ष ३५ का राजकुमार मेहता मृत अवस्थामा फेला परेको र सोही ठाउँमा को ६ प ८३६० नम्बर भएको मोटरसाइकल सहित भेटिएको हुदा दुर्घटनाहो वा केहो अहिले अनुसंधान भईरहेको र शव लाई पोस्टमार्टमको लागि कोशि अंचल अस्पताल पठाइएको
छ ।
पोस्टमार्टमको रिपोर्ट नआए सम्म केही भन्न नमिल्ने दुहबी प्रहरीले जनाए । यता अनुसंधानको क्रममा एक जना लाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी स्रोतको दाबी छ।
बुधबार बिहानको समयमा ज्वाला खोलामा सो सव देखा परे पछि स्थानीयले प्रहरी लाई खबर गरेका थिए।